Logo

आइतवार, कार्तिक ९ गते २०८३

images
२०८३, कार्तिक ९ गते
TRENDING
images

नेपाल मगर साँस्कृतिक संघ चितवनद्वारा क्रांदिप सामुदायिक होमस्टेको अवलोकन

नेपाल मगर साँस्कृतिक संघ चितवनद्वारा क्रांदिप सामुदायिक होमस्टेको अवलोकन

images

इच्छाकामना न्युज

१०, जेठ २०८२
नेपाल मगर साँस्कृतिक संघ चितवनद्वारा क्रांदिप सामुदायिक होमस्टेको अवलोकन
images

देवघाट । नेपाल मगर साँस्कृतिक संघ चितवनद्वारा तनहुँको देवघाट गाउँपालिका वडा नं.२ स्थित क्रांदिप सामुदायिक होमस्टेको अवलोकन गरेको छ ।

होमस्टेको अवलोकनबाट संस्थागत विकासमा थप टेवा पुग्ने विश्वास लिइएको नेपाल मगर साँस्कृतिक संघ चितवनका अध्यक्ष प्रेमकुमारी आलेमगरले जानकारी दिनुभयो। साथै होमस्टे अवलोकनबाट मगर समुदायको भाषा,संस्कृतीको थप जानकारी प्राप्त भएको बताउदै,संरक्षण र जगेर्ना गर्न नेपाल मगर साँस्कृतिक संघ निरन्तर अगाडी बढ्ने समेत बताउनुभयो।

अध्यन-अवलोकनसँगै नयाँ ठाउँको अवलोकन गर्नको लागि पनि यसपटक क्रांदिप आइपुगेको उहाँले बताउनुभयो। मगर समुदायको बसोबास रहेको गाउँमा धेरै मगर जातिको रहनसहनको अनुभव गर्न पाएको समेत बताउनुभयो ।

‘यसरी नयाँ ठाउँको अवलोकन गर्दा संस्थागत विकासमा टेवा पुग्ने रहेछ,’ उहाँले भने, ‘त्यसकारण हामीले आन्तरिक स्रोत जुटाएरै भए पनि केही न केही उद्देश्य लिएर नयाँनयाँ ठाउँ घुम्ने र अनुभव बटुल्ने काम गर्दै आएका छौँ ।’

कार्यक्रम नेपाल मगर संघ केन्द्रिय सदस्य काशीमाया रानामगर,नेपाल मगर महिला संघ केन्द्रिय उपाध्यक्ष देवी थापामगर,नेपाल मगर संघ जिल्ला समन्वय समिति चितवनका अध्यक्ष लालबहादुर रानामगर,सचीव बिष्णु आलेमगर लगायतको उपस्थिति रहेको थियो। तस्वीर:बिहानी मिडिया

images
प्रकाशित मिति :जेठ १०, २०८२ शनिवार - २२:३६:१६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology