इच्छाकामना, ९ जेष्ठ । इच्छाकामना गाउँपालिकाले आ.ब. २०८१/०८२ मा ICT व्यवस्थापनको लागि रु. ६,५०,०००/- को बजेट स्वीकृत गरेको छ।
उक्त बजेटको आर्थिक सहयोगमा रा.आ.बि. खेतबारीमा ICT व्यवस्थापन प्रक्रिया सफलतापूर्वक सम्पन्न भएको छ। गाउँपालिकाले सूचना र सञ्चार प्रविधिको माध्यमबाट स्थानीय प्रशासन र सेवामा सुधार ल्याउने उद्देश्यले यो परियोजना सञ्चालन गरेको हो।
ICT व्यवस्थापनको सुदृढीकरणले गाउँपालिकाको कार्य सम्पादनलाई थप पारदर्शी र प्रभावकारी बनाउन सहयोग गर्ने बताइएको छ।
गाउँपालिका अधिकारीहरूले ICT प्रणालीको कार्यान्वयनलाई स्थानीय विकासको महत्वपूर्ण कदमका रूपमा लिएका छन् र यसलाई आगामी वर्षमा थप विस्तार गर्ने योजना बनाएका छन्।