Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

इच्छाकामना गाउँपालिकाले विपद्का घटनाबाट घरमा क्षती पुगे एक लाखसम्म र मानिसको मृत्यु भए ५० हजार उपलब्ध गराउने

इच्छाकामना गाउँपालिकाले विपद्का घटनाबाट घरमा क्षती पुगे एक लाखसम्म र मानिसको मृत्यु भए ५० हजार उपलब्ध गराउने

images
इच्छाकामना गाउँपालिकाले विपद्का घटनाबाट घरमा क्षती पुगे एक लाखसम्म र  मानिसको मृत्यु भए ५० हजार उपलब्ध गराउने
images

इच्छाकामना ,९ जेठ । चितवनको इच्छाकामना गाउँपालिकाले स्थानीय विपद् व्यवस्थापन कोष सञ्चालन कार्यविधि २०७४ संसोधन गरेको छ ।

शुक्रबार बसेको गाउँ कार्यपालिकाको बैठकले कार्यविधि संशोधन गरेका हुन् । संशोधित कार्यविधिमा विपद्का घटनाहरु बाढी–पहिरो आगालागी, चट्याङ लगायतबाट घरमा क्षती पुगे रु एक लाख सम्म र मानिसको मृत्यु भएमा तत्काल क्रिया खर्च ५० हजार रुपैयाँ उपलब्ध गराउने उल्लेख छ ।

साथै पक्की घरमा पूर्ण क्षती भएमा रु ३० हजार उपलब्ध गराउँदै आएकोमा उक्त रकम बढाएर रु.एक लाख र कच्ची घरमा पूर्ण क्षती भएमा रु ५० हजार सम्म उपलब्ध गराउने छ । यस अघि विपद्का घटनाबाट राहत रकम रु ५ हजार देखि १० हजार सम्म उपलब्ध गराउँदै आएको थियो ।

साथै गम्भीर घाइते भएमा बढीमा तत्काल रु.१५ हजार सम्म उपलब्ध गराउने छ । यस अघि स्थानीय विपद् व्यवस्थापन समितिको आजै बसेको बैठकले कार्यविधि संसोधनको प्रस्ताव गर्ने निर्णय गरेका थिए । समितिका संयोजक तथा गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेका थिए ।

यसै बिच सात वटै वडामा विपद्का समयमा प्रयोग हुने विभिन्न सामाग्रीहरु प्रदान गरिएको छ। वडा नम्बर ५ को सामाग्री ईलाका प्रहरी कार्यालय मुग्लिनलाई प्रदान गरिएको छ ।

हाल पालिकामा ८० थान त्रिपाल सहित विभिन्न विपद्मा प्रयोग हुने सामाग्रीहरु तयारी अवस्थामा रहेको प्रमुख प्रशासकिय अधिकृत चन्द्रकान्त बस्नेतले बताउँनुभयो ।

images
प्रकाशित मिति :जेठ ९, २०८२ शुक्रवार - २०:३०:०० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology