देवघाट, तनहुँ । राष्ट्रपति महिला उत्थान जिविकोपार्जन सुधार कार्यक्रम अन्तर्गत देवघाट गाउँपालिका–५ स्थित सीता सामुदायिक वनको भवनमा पाँच दिने बाख्रा पालन तालिम सुरु भएको छ।
तालिमको आयोजना चक्रवर्ती सामाजिक उद्यमी महिला सहकारी संस्था तथा आर्थिक सहयोग देवघाट गाउँपालिकाबाट गरिएको हो। बिहीबार सुरु भएको तालिमको उद्घाटन कार्यक्रम देवघाट गाउँपालिका अध्यक्ष तिलबहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भयो।
कार्यक्रममा उपाध्यक्ष भुवनसिं गुरुङ, गाउँपालिका कार्यक्रम शाखा अधिकृत कृष्णराज पन्त, पशुपक्षी शाखा अधिकृत प्रदीप सापकोटा, देवघाट महिला सञ्जालकी अध्यक्ष राधादेवी खनाल, सचिव एलिजा अधिकारीलगायतको उपस्थिति रहेको थियो।
कार्यक्रमको अध्यक्षता चक्रवर्ती सामाजिक उद्यमी महिला सहकारी संस्थाकी अध्यक्ष सावित्री न्यौपानेले गरेकी थिइन्। तालिममा स्थानीय महिलाहरूको सहभागिता रहेको छ भने उनीहरूलाई बाख्रा पालनसम्बन्धी व्यवहारिक तथा प्राविधिक ज्ञान दिइने आयोजक संस्थाले जनाएको छ।