Logo

आइतवार, कार्तिक ९ गते २०८३

images
२०८३, कार्तिक ९ गते
TRENDING
images

सहिद लखन गाउँपालिका–४ मा ‘एक घर, एक धारा’ अभियानमा श्रमदान

सहिद लखन गाउँपालिका–४ मा ‘एक घर, एक धारा’ अभियानमा श्रमदान

images
सहिद लखन गाउँपालिका–४ मा  ‘एक घर, एक धारा’ अभियानमा श्रमदान
images

गोरखा, जेठ ८ ।  गोरखा जिल्लाको सहिद लखन गाउँपालिका वडा नम्बर ४, तेर्सेका स्थानीय बासिन्दाहरू ‘एक घर, एक धारा’ अभियानलाई सफल बनाउन श्रमदानमा जुटेका छन्।

वडाध्यक्ष याम बहादुर थापाको अगुवाइमा स्थानीयले खानेपानी सुविधा पुर्‍याउनका लागि सामूहिक रुपमा श्रमदान गरेका हुन्। अभियानअन्तर्गत प्रत्येक घरमा खानेपानीको धारा पुर्‍याउने लक्ष्य लिइएको छ।

उक्त कार्यका लागि स्थानीयले पाइप विस्तार, धारा जडान तथा पानी ट्याङ्की निर्माणजस्ता कार्यमा स्वयंसेवक रूपमा सहभागिता जनाएका छन्।

वडाध्यक्ष थापाले विकास निर्माणका काममा समुदायको सक्रियता अत्यन्तै सराहनीय रहेको उल्लेख गर्दै आगामी दिनमा पनि यस्तै प्रकारका सामूहिक प्रयासले गाउँमा दिगो विकास सम्भव हुने बताए।

स्थानीय बासिन्दाहरूले खानेपानीको सुविधा नहुँदा दैनिक जीवनमा भोग्नुपरेको कठिनाइ अब अन्त्य हुने आशा व्यक्त गरेका छन्। अभियानले गाउँमा आत्मनिर्भरता, सहकार्य र एकताको भावना समेत बलियो बनाएको स्थानीयले बताएका छन्।

images
प्रकाशित मिति :जेठ ८, २०८२ बिहिवार - २१:४९:२५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology