कुरिनटार, चितवन | इच्छाकामना गाउँपालिका–५, कुरिनटारका स्थायी बासिन्दा अमित त्रिपाठीले अमेरिकाको Iowa State University बाट सिभिल इन्जिनियरिङ विषयमा विद्यावारिधि (Ph.D.) उपाधि प्राप्त गर्नुभएको छ।
डा. त्रिपाठी इच्छाकामना गाउँपालिकाबाट पीएचडी उपाधि प्राप्त गर्ने पहिलो व्यक्ति हुनुहुन्छ। उहाँको यस ऐतिहासिक शैक्षिक उपलब्धिले सम्पूर्ण गाउँवासीहरूलाई गौरवान्वित तुल्याएको छ।
शिक्षा, अनुसन्धान र प्रविधिको क्षेत्रमा उहाँको योगदानको अपेक्षा गर्दै स्थानीयवासी, जनप्रतिनिधिहरू तथा शुभेच्छुकहरूले सामाजिक सञ्जालमार्फत बधाई तथा शुभकामना व्यक्त गरिरहेका छन्।
स्थानीय शैक्षिक विकासमा समेत सकारात्मक प्रभाव पार्ने विश्वासका साथ डा. त्रिपाठीको उज्ज्वल भविष्यको कामना गरिएको छ।