मनकामना । गोरखाको शहिदलखन गाउँपालिकाको वडा नं ६ घैरुङ र वडा नं २ र ३ मा पर्ने मनकामना क्षेत्रमा कुकुर बन्ध्याकरण शिविर सम्पन्न भएको छ । पालिकाभर भुसिया कुकुरको सङख्या बढेका कारण बन्ध्याकरण शिविर आयोजना गरेको पालिकाले जनाएको छ ।
‘पालिका भर भुसिया कुकुरको सङख्या १२ सय पुगेको छ’, पालिकाको पशु शाखाका विवेक पुडासैनीले भने, ‘विषेशगरी मनकामना क्षेत्रमा भुसिया कुकुरको सङख्या धेरै छ । त्यहाँ आएका धार्मिक पर्यटकहरुलाई भुसिया कुकुरले आक्रमण गर्ने घटनाहरु पनि बढ्न थालेपछि बन्ध्याकरण गर्न सुरु गरेका हौँ ।’ पालिकाले मनकामनामा मात्र २०८ भुसिया कुकुरहरुको बन्ध्याकरण गरेको उनले बताए ।
यस्तै पालिकाको वडा नं ६ घैरुङ र बुङकोट क्षेत्रमा १४८ भुसिया कुकुरहरुलाई बन्ध्याकरण गरिएको उनले जानकारी दिए । कुकुर बन्ध्याकरण गर्दा कुकुरको बृद्धिदर पनि कम हुने उनको भनाइ छ ।
पालिकाले मनाकामना क्षेत्रमा चार लाख र घैरुङमा तीन लाख खर्च गरेर बन्ध्याकरण शिविर संचालन बताइएको छ ।