Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

इच्छाकामनाको दाहाखानी भिउ रिसोर्ट स्विमिङ पुलमा एक युवकको मृत्यु, अनुसन्धानका लागि ८ जना पक्राउ

इच्छाकामनाको दाहाखानी भिउ रिसोर्ट स्विमिङ पुलमा एक युवकको मृत्यु, अनुसन्धानका लागि ८ जना पक्राउ

images
इच्छाकामनाको दाहाखानी भिउ रिसोर्ट स्विमिङ पुलमा एक युवकको मृत्यु, अनुसन्धानका लागि ८ जना पक्राउ
images

७ जेठ, इच्छाकामना । चितवनको इच्छाकामना गाउँपालिका–७ स्थित दाहाखानी भिउ रिसोर्टको स्विमिङ पुलमा एक युवकको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–२२ का २५ वर्षीय लोकेश महतोको मृत्यु भएको प्रहरीले जनाएको छ ।

महतो आफ्ना १० जना साथीहरूसँग म‌गलबार साँझ ६ बजेतिर रिसोर्टमा गएका थिए । त्यहीँ खाजा खाइसकेपछि उनले स्विमिङ पूलमा नुहाउन गएका थिए ।

लामो समयसम्म नफर्किएपछि साथीहरूले खोज्दा स्विमिङ पुलको पानीमा तैरिरहेको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।

उनलाई उद्धार गरी राति साढे १२ बजे उपचारका लागि पुरानो मेडिकल कलेज, भरतपुर पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय मुग्लिङबाट टोली खटिएको थियो।

प्रहरीले आवश्यक अनुसन्धानका लागि मृतक महतोसँगै गएका साथीहरुलाई नियन्त्रणमा लिएको छ । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय चितवनमा राखेर सोधपुछ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनाबारे आफन्तलाई जानकारी गराएर थप अनुसन्धान गरिरहेको जनाएको छ ।

नियन्त्रणमा लिइएका महतोका साथीहरु

१. सुमन थापा (२२), भरतपुर–२२

२. प्रविण घिमिरे (२६), भरतपुर–२२

३. आदेश सुबेदी (२६), भरतपुर–१३

४. आशिष शर्मा (२९), भरतपुर–१४

५. मेघलाल चुंडाल (५७), काठमाडौं-२२  जोरपाटी

६. दिपेश महत्तो (२६), भरतपुर–२२

७. शुबु खत्री (१९), भरतपुर–२२

८. नारायण बस्नेत (२६), सुन्दरबजार–१, लमजुङ

images
प्रकाशित मिति :जेठ ७, २०८२ बुधवार - ०८:०७:५९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology