Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

दक्षिण कोरियामा देशव्यापी कोरोना खोप सञ्चालन भएसँगै नेपाली खुशी

दक्षिण कोरियामा देशव्यापी कोरोना खोप सञ्चालन भएसँगै नेपाली खुशी

एजेन्सी

१४, फाल्गुण २०७७
दक्षिण कोरियामा देशव्यापी कोरोना खोप सञ्चालन भएसँगै नेपाली खुशी

दक्षिण कोरियाले देशव्यापीरुपमा कोरोनाविरुद्धको खोप सुरुवात गरेको छ । थेगु शहरको एक अस्पतालमा रहेको ६० वर्षीय जोडी चिकित्सकबाट खोप अभियान सुरु भएको बताइएको छ । अस्ट्राजेनेका कम्पनीद्वारा निर्माण गरिएको सो खोप पहिलो चरणमा ६५ वर्षभन्दामुनिका कोरियाली स्वास्थ्यकर्मी तथा नर्सिङहोमका कर्मचारीलाई लगाइने यहाँको स्वास्थ विभागले जनाएको छ ।

images

पहिलो चरणको कार्यक्रमअन्तर्गत सो खोप कोरियाको एसके बायो–साइन्सले निर्माण गरेको हो । उक्त कम्पनीद्वारा निर्मित १.५७ मिलियन डोज खोप सात लाख ८० हजार व्यक्तिलाई दुईपटक दिन पुग्नेछ । कोरियाले आगामी मार्चको अन्तिमसम्म दुई लाख ८९ हजार स्वास्थ्यकर्मी तथा बिरामीलाई खोपको दुई मात्रा दिने तयारी गरेको छ ।

यससँगै यहाँ रहेका नेपालीमा खुशीको सञ्चार भएको छ । कोरियाले यसअघि नै यहाँ रहेका विदेशीलाई पनि कोरोनाविरुद्धको खोप निःशुल्क प्रदान गर्ने बताइसकेको छ । हरेक वैधानिक तथा अवैधानिक विदेशीले पनि सो खोप प्राप्त गर्नेछन् ।

images
प्रकाशित मिति :फाल्गुण १४, २०७७ शुक्रवार - १६:२३:३६ बजे

एजेन्सी

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology