Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

आँबुखैरेनीको पर्यटन प्रवद्र्धनमा सञ्चारको भुमिका खोज्दै आधिमुलमा बृहत अन्तरक्रिया

आँबुखैरेनीको पर्यटन प्रवद्र्धनमा सञ्चारको भुमिका खोज्दै आधिमुलमा बृहत अन्तरक्रिया

इच्छाकामना न्युज

१३, फाल्गुण २०७७
आँबुखैरेनीको पर्यटन प्रवद्र्धनमा सञ्चारको भुमिका खोज्दै आधिमुलमा बृहत अन्तरक्रिया

आँबुखैरेनी, १३ फागुन । आँबुखैरेनीको पर्यटन प्रवद्र्धनमा सञ्चारको भुमिका खोज्दै तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं. १ मा अवस्थित धार्मिक पर्यटकिय स्थल आँधिमुलमा बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आँबुखैरेनी गाउँपालिका र आन्तरिक मामिला तथा कानुन मन्त्रालय गण्डकी प्रदेशको सहयोगमा नेपाल आदिवासी जनजाती पत्रकार महासंघ ( फोनिज) गण्डकी प्रदेशले ‘आँबुखैरेनीको पर्यटन प्रवद्र्धनमा सञ्चारको भुमिका’ बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो।
कार्यक्रममा आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिर बहादुर थापाले अध्यक्षतागर्नुभएको थियो भने कार्यक्रमको प्रमुख अतिथि गण्डकी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री हरि बहादुर चुमान रहनुभएको थियो ।
कार्यक्रमलाई सम्बोन्धन गर्दै प्रमुख अतिथि गण्डकी प्रदेशका आन्तिरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानले  राम्रो सम्भावना भएर पनि ओझेलमा परेका पर्यटकीय क्षेत्रहरुमा सञ्चारकर्मीहरुले स्थलगत भ्रमण गरी आफ्ना सञ्चारमाध्यम र विभिन्न सामाजिक सञ्जाल मार्फत प्रचारप्रसारमा गर्दा पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वासका साथ कार्यक्रम आयोजना गर्न सहकार्य गरेको बताए।
२०६२÷६३ देखि नै आफु आंधिमुलको प्रवद्र्धनमा निरन्तर लागेको कारण गण्डकी प्रदेश सरकारले पनि वेवसाइटहरु मार्फत प्रचारप्रचारमा सहयोग गरेको बताए । साथै प्रदेश सरकारले क्रमश पर्यटकीय स्थलहरुको विकासका लागि बजेट विनियोजन गरिरहेको चुमानले बताए।
कार्यक्रममा बोल्दै फोनिज गण्डकीका इन्चार्ज हुम बहादुर गुरुङले आधिमुलको ऐतिहासिक कथनी अनुसार मगर भाषाबाट परापूर्व कालदेखि नामाकरण भएको आडिमुल नामलाई पछि अप्रभंस गराएर परिवर्तन गरि आधिमुल भन्न थालिएको भन्दै यस्ले स्थानीय मगर समुदायको पहिचानसँग जोडिएको नामलाई नामेट पार्न नहुने बताए। यसलाई तत्काल सच्याएर ‘आडिमुल’ नामाकरण गर्न उहाँले स्थानीय जन प्रतिनिधीहरुलाई आग्रह पनि गरे। 
यस्तै कार्यक्रममा उपस्थित पाहुनाहरुलाई स्वागत गर्दै फोनिज गण्डकीका अध्यक्ष एमबि आस्था मगरले पनि आँधिमुल बाराहीको नाम आडिमुल हुनेपर्नेमा जोड दिए । अधिंकाश मगर समुदायको बसोबास रहेको र मगर समुदायको पहिचानसँग जोडिएको हुनाले तत्काल नाम सच्याउनको लागि उहाँले पनि स्थानीय जनप्रतिनिधीहरुलाई आग्रह गरे। 
आबुँखैरेनी गाँउपालिका गण्डकी प्रदेशको प्रवेशद्धार भएकाले समग्र प्रदेशकै चिनारी झल्किने गरी आकर्षक र व्यवस्थित ढंगले बिकासका गतिविधि अघि बढाइएको गाँउपालिकाका प्रमुख गिर बहादुर थापाले बताए । गाँउपालिकाका प्रमुख प्रथामिकताका क्षेत्र निर्धारण गरी सोही अनुसार पूर्वाधार निर्माणमा जोड दिएको थापाको भनाई छ । बिकासको मुद्धामा सबैको एउटै राय हुनुपर्छ र बिकासको अपनत्व सबैले गर्न पाउनुपर्छ थापाले भने ।
त्यस्तै कार्यक्रममा आँबुखैरेनी गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद पोखरेलले पछिल्लो समय आँबुखैरेनीले पर्यटनलाई प्राथमिकतामा राख्दै काम गरिरहेको बताए । पर्यटन प्रवद्र्धनका लागि गाँउपालिकाले ५० लाख भन्दा बढी रकम विनियोजन गरेको प्रमुख प्रशासकीय अधिकृत पोख्रेलले जानकारी दिए । छिम्केश्वरी, आंधिमुल, अकला, ऐना पहरा लगायतका प्रमुख पर्यटकीय क्षेत्रहरुको प्रवद्र्धन र बिकासका लागि बजेट विनियोजन गरिएको पोख्रेलले बताए । कार्यक्रममा उनले गाउँपालिकामा अहिलेसम्म भैरहेका कामहरुको बारेमा प्रगति प्रतिवेदन समेत प्रस्तुत गरेका थिए। 

images

 

images
प्रकाशित मिति :फाल्गुण १३, २०७७ बिहिवार - २२:१२:१९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology