Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

नेकपा नामको विवादबारे बहस सकियो, फागुन २० गते अदालतले निर्णय गर्ने

नेकपा नामको विवादबारे बहस सकियो, फागुन २० गते अदालतले निर्णय गर्ने

इच्छाकामना न्युज

१३, फाल्गुण २०७७
नेकपा नामको विवादबारे बहस सकियो, फागुन २० गते अदालतले निर्णय गर्ने

गोरखा, १३ फागुन । नेपाल कम्युनिस्ट पार्टीको नामका विषयमा परेको रिटमाथि सर्वोच्च अदालतले फागुन २० गते निर्णय सुनाउने भएको छ। नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले आफ्नो पार्टीसँग मिल्ने गरी ओली–प्रचण्डलाई नाम दिएको भन्दै निर्वाचन आयोगविरुद्ध २ वर्ष पहिले नै रिट दायर गरेका थिए।

images

उक्त रिटमाथि न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासमा बिहीबार सुनुवाइ भएको हो। सुनवाइ सकिए पनि सर्वोच्चले निर्णय भने २० गते मात्रै सुनाउने निवेदक पक्षका अधिवक्ता रत्नप्रसाद जोशीले बताए।

सुरुमा अन्डरलाइन नेपाल कम्युनिस्ट पार्टी दर्ता गर्न पुगेका ओली–प्रचण्डलाई निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (ने क पा) नाममा दर्ता गरिदिएको थियो। आयोगको उक्त निर्णयविरुद्ध कट्टेल नेतृत्वको नेकपाका तर्फबाट २०७५ मंसिर २१ गते सर्वोच्चमा रिट दायर भएको थियो।

ओली–प्रचण्ड नेतृत्वकै नेकपाभित्रकै विवाद उत्कर्षमा पुगेका बेला सर्वोच्च अदालतले उक्त रिटमाथि सुनुवाइ गरेको हो। कट्टेलका तर्फबाट बहस गरेका अधिवक्ता रत्नप्रसाद जोशीले आफूहरुले उनीहरुको कोस्टकभित्रको नेकपाको परिभाषा समेत मागेको बताए।

नाम र चुनाव चिन्हको विषयमा अहिले ओली–प्रचण्डबीचमै विवाद भइरहेको छ। उक्त विवादमाथि पनि निर्वाचन आयोगले निर्णय गरिसकेको छैन। 

images
प्रकाशित मिति :फाल्गुण १३, २०७७ बिहिवार - २०:४६:४४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology