Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

आँबुखैरेनीका मिर्गौला पीडित तामाङलाई स्विजरल्याण्डबाट करिब डेढ लाख सहयोग

आँबुखैरेनीका मिर्गौला पीडित तामाङलाई स्विजरल्याण्डबाट करिब डेढ लाख सहयोग

इच्छाकामना न्युज

१३, फाल्गुण २०७७
आँबुखैरेनीका मिर्गौला पीडित तामाङलाई स्विजरल्याण्डबाट करिब डेढ लाख सहयोग

आँबुखैरेनी, १३ फागुन । आँबुखैरेनी गाउँपालिका २ नारिघाट निवासी मिर्गौला रोगबाट पीडित भुवन तामाङलाई स्विट्जरल्याण्डबाट सहयोग प्राप्त भएको छ। आर्थिक अवस्था समेत कमजोर भएका दीर्घकालीन मिर्गौलाको रोगबाट पीडित तामाङलाई स्विजरल्याण्डबाट बाट १ लाख ४२ हजार ४ सय ८३ रुपैयाँ सहयोग पुगेको हो। 
स्विसबासी नेपालीहरुबाट तामाङ्गको सहयोगार्थ १ हजार १ सय ३० स्वीस फ्रान्क संकलन गरेका थिए।
तनहुँको आँबुखैरेनी – ३ निवासी तनकुमार श्रेष्ठको बिशेष अनुरोधमा उक्त रकम संकलन भएको हो। श्रेष्ठले संकलित रकम पिडित तामाङलाई हस्तान्तरण समेत गरेका छन्।
तामाङ पेशाले सवारी चालक हुन्। तर उपाचारका लागि अस्पताल आवातजावतमा समेत रकम अपुग भएपछि उनले आर्थिक सहयोगको आह्ववान गरेका थिए।

images

images
प्रकाशित मिति :फाल्गुण १३, २०७७ बिहिवार - ०७:२२:४२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology