Logo

आइतवार, कार्तिक ९ गते २०८३

images
२०८३, कार्तिक ९ गते
TRENDING
images

देवघाटका रामबहादुर बि.क. एक महिनादेखि बेपत्ता

देवघाटका रामबहादुर बि.क. एक महिनादेखि बेपत्ता

images

इच्छाकामना न्युज

११, चैत्र २०८१
देवघाटका रामबहादुर बि.क. एक महिनादेखि बेपत्ता
images
देवघाट । तनहुँको देवघाट गाउँपालिका वडा न:३ नाल्बुङ्ग स्थायी बसोबास भएको राम बहादुर बि.क.एक महिनादेखि बेपत्ता भएका छन् । ३४ वर्षिय राम गत फाल्गुन ५ गतेदेखि परिवारसँग सम्पर्क विहिन भएपछि हाल उनको खोजी कार्य गरिरहेको देवघाट गाउँपालिकाका कार्यपालिका सदस्य एवं छिमेकी गंगा सिं वि.क ले बताए ।
बेपत्ता भएका राम बहादुरको दुबै मृगौलाले काम गर्न छोडेपछि विगत एकवर्षदेखि भरतपुरको सरकारी हस्पिटलमा हप्ताको दुई पटक डाइलासिस गर्न गइरहन्थ्यो । यहीँ फाल्गुन ५ गते डायलासिस गरे पश्चात् राम घरपरिवार र सबैबाट सम्पर्क विहिन रहेको कार्यपालिका सदस्य वि.क.ले जानकारी दिए ।
 
आर्थिक अवस्था कमजोर रहेको रामको उपचारको लागि देवघाट गाउँपालिकाले दिर्घरोगिलाई दिइने सामाजिक सुरक्षा भत्ता मासिक ५ हजारको दरले प्रदान गर्दै आइरहेको थियोे । रामको आफैंले आफ्नो उपचार गर्नसक्ने क्षमता थिएन । एक महिना बढी बितिसक्दा पनि रामको सम्पर्क विहीन भए पछि छिमेकी गंगा सिं बि.क ले जिल्ला प्रहरी कार्यालय भरतपुरमा निवेदन समेत पेस गरेको छ ।

images
प्रकाशित मिति :चैत्र ११, २०८१ मंगलवार - २२:२९:५९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology