Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

संसद बैठक बोलाउने विषयमा सबै पक्षसँग छलफल गरेर अघि बढ्ने सभामुखको तयारी 

संसद बैठक बोलाउने विषयमा सबै पक्षसँग छलफल गरेर अघि बढ्ने सभामुखको तयारी 

images

इच्छाकामना न्युज

१२, फाल्गुण २०७७
संसद बैठक बोलाउने विषयमा सबै पक्षसँग छलफल गरेर अघि बढ्ने सभामुखको तयारी 
images

काठमाण्डौ, १२ फागुन । सभामुख अग्नि प्रसाद सापकोटाले अदालत प्रति जनताको विश्वास बढेको प्रतिक्रिया दिनुभएको छ । सर्वोच्च अदालतले संसद पुनःस्थापनाको पक्षमा फैसला गरेपछि सभामुख सापकोटाले यस्तो बताउनुभएको हो । 
सर्वोच्चले संसद पुर्नस्थापना गर्ने परमादेश जारी गर्दै १३ दिनभित्र संसद बैठक बोलाउन भनेपछि सभामुख सापकोटाले संसद बैठकको विषयमा सबै पक्षसँगको छलफल पछि अघि बढ्ने बताउनुभएको छ । अदालतमाथि सबैको विश्वास भरोसा थियो र अदालतले जनताको मन भावना अनुसार फैसला गरेको सभामुख सापकोटाले बताउनुभयो ।
सभामुख सापकोटाले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपीशर्मा ओलीको निर्णयलाई बदर गर्ने सर्वोच्चको फैसलाले राज्यका महत्वपुर्ण अंगहरुको शक्ति पृथकिकरण र भूमिकाको बारेमापनि स्पष्ट मार्ग निर्देश गरेको बताउनुभयो ।सर्वोच्चको फैसलाले समस्त नेपालीजनता, संविधानवादको जितभएको र नेपाली जनतामा अदालत प्रतिको विश्वास झन् बढेको पनि बताउनुभयो । 

images
प्रकाशित मिति :फाल्गुण १२, २०७७ बुधवार - ०९:११:५० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology