देवघाट । देवघाट-५ स्थित रहेको कालिका माध्यमिक विद्यालयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आज (बिहिवार) विद्यालयको विद्यालय व्यवस्थापन समिति,शिक्षक अभिभावक संघ,सल्लाहकार समिति,अभिभावक,शिक्षक,जनप्रतिनिधि सहितको सरकारवाला पक्षहरू बिचको संयुक्त अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
सो कार्यक्रममा देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाको प्रमुख आथित्यमा भएको थियोे । उक्त कार्यक्रममा विशिष्ट अतिथि देवघाट गाउँपालिका उपाध्यक्ष भुवन सिं गुरूङ,देवघाट गाउँपालिका प्रवक्ता एवं वडा नम्बर-५ का अध्यक्ष पुर्ण बहादुर कुँवर, तथा अतिथिहरू देवघाट-५ नम्बर वडा सदस्य यम बहादुर मगर,सल्लाहकार समिति संयोजक केशव चन्द्र न्यौपाने,सदस्य सोमनाथ ढकाल,विश्व देवकोटा,बाबुराम पौडेल,विष्णुप्रसाद अधिकारी,टुकनाथ अधिकारी,देवघाट पुस्तकालयका अध्यक्ष शिवराज पौडेल,देवघाट सिकाई केन्द्रका अध्यक्ष जयकृष्ण सुवेदी,शिक्षक अभिभावक संघका अध्यक्ष बल बहादुर क्षेत्री,विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष बाबुराम अधिकारी देवघाट उद्योग वाणिज्य संघका अध्यक्ष रोशन श्रेष्ठले सुझाव तथा आफ्नो भनाइ राख्नुभएको थियोे । भने कार्यक्रममा विद्यालयको विद्यालय व्यवस्थापन समिति,शिक्षक अभिभावक संघ,सल्लाहकार समिति,अभिभावक, शिक्षक,जनप्रतिनिधि र सरकारवालाहरूको सहभागीता रहेको थियोे ।
साथै कार्यक्रम विद्यालयका सहायक प्रधानाध्यापक युवराज साखीले सञ्चालन गर्नुभएको उक्त कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डा.सुरेन्द्र प्रसाद श्रेष्ठको अध्यक्षतामा भएको थियोे ।