Logo

आइतवार, कार्तिक ९ गते २०८३

images
२०८३, कार्तिक ९ गते
TRENDING
images

नेपालमा संसद पुनःस्थापना, भारतीय नेताको मध्यरातमा ट्वीट ‘हाम्रा लागि सुखद खबर’

नेपालमा संसद पुनःस्थापना, भारतीय नेताको मध्यरातमा ट्वीट ‘हाम्रा लागि सुखद खबर’

images

इच्छाकामना न्युज

१२, फाल्गुण २०७७
नेपालमा संसद पुनःस्थापना, भारतीय नेताको मध्यरातमा ट्वीट ‘हाम्रा लागि सुखद खबर’
images

काठमाडौँ, १२ फागुन । भारतीय जनता पार्टीका वरिष्ठ नेता तथा राज्यसभा सांसद सुब्रमण्यम स्वामीले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्नु भारतका लागि सुखद खबर भएको प्रतिक्रिया दिएका छन् । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्स्थापना गर्ने फैसला सुनाएपछि पूर्व केन्द्रीय मन्त्रीसमेत रहेका स्वामीले प्रतिक्रिया दिएका हुन् ।

सामाजिक सञ्जालमा निकै सक्रिय रहने स्वामीले ट्विटरमा लेखेका छन्, ‘नेपालबाट राम्रो खबर आएको छ । नेपालको सर्वोच्च अदालतले संसद् पुनःस्थापना गर्ने फैसला गरेको छ । त्यसका लागि १३ दिनको समय दिइएको छ । नेपालका लोकतान्त्रिक नेताहरु मेरो सम्पर्कमा रहेका छन् । मलाई आशा छ नेपालमा लोकतन्त्र बहाली हुनेछ । त्यसपछि भारत–नेपाल सम्बन्ध पनि सुधार्न सकिन्छ ।’

images
प्रकाशित मिति :फाल्गुण १२, २०७७ बुधवार - ०८:२२:३६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology