Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

निर्वाचन सामग्री खरिदका लागि निर्वाचन आयोगको बोलपत्र आह्वान

निर्वाचन सामग्री खरिदका लागि निर्वाचन आयोगको बोलपत्र आह्वान

इच्छाकामना न्युज

११, फाल्गुण २०७७
निर्वाचन सामग्री खरिदका लागि निर्वाचन आयोगको बोलपत्र आह्वान

काठमाण्डौ, ११ फागुन । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मतदान केन्द्रमा प्रयोग हुने विभिन्न किसिमका निर्वाचन सामग्री खरिद गर्न बोलपत्र आह्वान गरेको छ । बोलपत्र दाताहरुको सहभागिता र स्वच्छ, स्वस्थ प्रतिस्पर्धा होस भन्ने हेतुले खरिद गर्नुपर्ने निर्वाचन सामग्रीहरुलाई विभिन्न ११ समूहमा समूहीकृत समेत गरिएको आयोगले जनाएको  छ ।  
सार्वजनिक खरिद ऐन तथा नियमावली बमोजिम खरिद कार्य प्रक्रिया अवलम्बन गर्दा घोषित मितिमा निर्वाचन सम्पन्न गर्नका लागि आवश्यक निर्वाचन सामग्रीहरुको व्यवस्थापन गर्न असम्भव प्रायः भएकोले निर्वाचन आयोग ऐन, २०७३ को दफा ३८ को व्यवस्था बमोजिम छिटो माध्यमबाट निर्वाचन सामग्री खरिद गर्न बोलपत्र आव्हान सम्बन्धी सूचना प्रकाशित गरिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । 

images

images
प्रकाशित मिति :फाल्गुण ११, २०७७ मंगलवार - ०९:३४:०२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology