Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

नेकपा विभाजनको असर इच्छाकामनामाः पूर्व एमाले जति ओलीको पक्षमा

नेकपा विभाजनको असर इच्छाकामनामाः पूर्व एमाले जति ओलीको पक्षमा

ओली समूहको इच्छाकामना इन्चार्जमा दान बहादुर गुरुङ, अध्यक्षमा कृष्ण सिलवाल

इच्छाकामना न्युज

११, फाल्गुण २०७७
नेकपा विभाजनको असर इच्छाकामनामाः पूर्व एमाले जति ओलीको पक्षमा

मुग्लिन, ११ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनको असर चितवनको इच्छाकामना गाउँपालिकामा पनि प्रष्ट देखिएको छ। इच्छाकामनामा नेकपा विभाजनको असर पूर्व एमाले र पूर्व माओवादी आ–आफ्नै कित्तामा उभिएको देखिएको हो।
सोमबार ओली समूहले चितवनमा ५९९ जनाको जिल्ला महाधिवेशन आयोजक कमिटि गठन गरेसँगै इच्छाकामनामा पनि नेकपा विभाजनको असर प्रष्ट देखिएको हो। ओली समूहको जिल्ला महाधिवेशन आयोजक कमिटिमा इच्छाकामना गाउँपालिकाबाट मात्रै २६ जना सदस्यमा परेका छन्। नेकपाका तात्कालिन अध्यक्ष दान बहादुर गुरुङ, वडाध्यक्षहरु नन्दुलाल गिरी, पञ्च बहादुर चेपाङ, भुपेन्द्र चेपाङ सहित कृण्ण प्रसाद सिलवाल, कुमार श्रेष्ठ, रुद्र प्रसाद उप्रेती, नर बहादुर नेपाल, चन्द्रमणि सापकोटा, किशोर गुरुङ, मिन बहादुर श्रेष्ठ, माया सिलवाल लगायत सबै जसो पूर्व एमाले ओली समूहको जिल्ला कमिटिमा परेका छन्।
अहिलेसम्म देखिएका मध्य चन्द्रमणी सापकोटा पूर्व माओवादीको रहे पनि ओली समूहमा देखिएका छन् भने पूर्व एमालेका जुना राजभण्डारी दाहाल–नेपाल समूहमा देखिएका छन्। यद्यपी भण्डारी पनि ओली समूहमै रहेको आली समूहका नेकपा इच्छाकामना अध्यक्ष कृष्ण सिलवालले बताए।
यसैबिच नेकपा ओली समूहको इन्चार्जमा दान बहादुर गुरुङ, अध्यक्षमा कृष्ण सिलवाल, सचिवमा रुद्रप्रसाद उप्रेती, सह–इन्चार्जमा चन्द्रमणी सापकोटा र नर बहादुर नेपाललाई जिम्मेवारी तोकिएको छ। 

images

images
प्रकाशित मिति :फाल्गुण ११, २०७७ मंगलवार - ०९:१२:५२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology