Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

मेलमिलापकर्ताहरुको लागि मेलमिलाप सम्बन्धी पुनर्ताजगी तालिम

मेलमिलापकर्ताहरुको लागि मेलमिलाप सम्बन्धी पुनर्ताजगी तालिम

images

इच्छाकामना न्युज

८, फाल्गुण २०८१
मेलमिलापकर्ताहरुको लागि मेलमिलाप सम्बन्धी पुनर्ताजगी तालिम
images
देवघाट । “समुन्नत देवघाटको आधार, धार्मिक पर्यटन, कृषि र सम्पन्न पूर्वाधार"भन्ने मुलनारालाई आत्मसात गर्दै देवघाट गाउँपालिका न्यायिक समिति तनहुँको आयोज तथा संवाद सहजीकरण तथा मेलमिलाप केन्द्र, चितवन सहजीकरणमा देवघाट-५, गर्ग आश्रममा आज मेलमिलापकर्ताहरुको लागि मेलमिलाप सम्बन्धी पुनर्ताजगी तालिम आजबाट सुरु भएको छ।
सो पुनर्ताजगी तालिम फाल्गुण ८ गतेदेखि १० गतेसम्म सञ्चालन हुनेछ।
कार्यक्रम प्रमुख अतिथि देवघाट गाउँपालिका अध्यक्ष तिलबहादुर थापामगर,विशिष्ट अतिथि गोराख नगरपालिकाका उप मेयर मसलीमाया थोकर,विशिष्ट अतिथि देवघाट गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दिनेश सरुमगर,न्यायक समिती देवघाटका सदस्य कमला गुरुङ र यमबहादुर मगर लगायत ५ वटा वडाकै करिब १ सय जना मेलमिलाप कर्ताहरुको सहभागिता रहेको थियो।
सहभागी प्रशिक्षार्थीहरुलाई संवाद सहजीकरण तथा मेलमिलाप केन्द्र, चितवन प्रशिक्षक कृष्ण थपलिया प्रशिक्षण दिनुभएको थियो। सो कार्यक्रम न्यायीक समिती देवघाटका संयोजक एवं देवघाट गाउँपालिका उपाध्यक्ष भुवन सिं गुरुङको अध्यक्षता भएको थियो,भने देवघाट गाउँपालिका कार्यक्रम अधिकृत कृष्ण पन्तले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।

images
प्रकाशित मिति :फाल्गुण ८, २०८१ बिहिवार - २१:३४:०६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology