Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

दाहाल–नेपाल समूहको जिल्ला नेतृत्व चयनमा असन्तुष्टि देखिन थाल्यो, २ जिल्लाका सचिवद्वारा जिम्मेवारी अस्वीकार

दाहाल–नेपाल समूहको जिल्ला नेतृत्व चयनमा असन्तुष्टि देखिन थाल्यो, २ जिल्लाका सचिवद्वारा जिम्मेवारी अस्वीकार

इच्छाकामना न्युज

११, फाल्गुण २०७७
दाहाल–नेपाल समूहको जिल्ला नेतृत्व चयनमा असन्तुष्टि देखिन थाल्यो, २ जिल्लाका सचिवद्वारा जिम्मेवारी अस्वीकार

काठमाडौं ,११ फागुन । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका जिल्ला अध्यक्ष तथा सचिवको जिम्मेवारीमा असन्तुष्टि देखिएका छन् ।

images

काठमाडौंको जिल्ला समितिको सचिवको जिम्मेवारी तोकिएका हिमाल शर्माले फेसबुकमै असन्तुष्टि पोखेका छन् । उनले फेसबुकमा भनेका छन्, ‘मेरो लागि बधाई भन्ने कुरै के छ र रु केन्द्रको औपचारिक परिपत्रसम्म त धैर्य गरौ । एनीवे क। बसन्त मानन्धरप्रति मेरो सम्मान नै छ ।’

तत्कालीन माओवादी केन्द्रको काठमाडौं जिल्ला समिति अध्यक्ष रहेका शर्माले दुई पार्टी एकीकरण गर्ने सन्दर्भमा सचिवको जिम्मेवारी स्वीकार गरेका थिए । उनले पुनः त्यही जिम्मेवारीमा नरहने बताएका छन् ।

‘जिल्लाको सचिवमा म रहन्न’ उनले भनेका छन्, ‘पहिले दुइटा अध्यक्ष थियौं । त्यति बेला एउटा अध्यक्ष, एउटा सचिव बस्नुपर्ने बाध्यता थियो । त्यतिबेला म बस्नै पर्ने थियो । अहिले म बस्दिनँ अरू साथीहरूलाई जिम्मेवारी दिउँ भन्ने मेरो भनाइ हो ।’

अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले फागुन ७ गते गरेको सर्कुलरमा बसन्त मानन्धरलाई अध्यक्षको जिम्मेवारी तोकेको छ । मानन्धर पूर्व एमाले समूहका हुन् ।

त्यसैगरी, भोजपुरका जिल्ला सचिव विमल खड्काले पनि अध्यक्ष नपाएपछि सचिव पद अस्वीकार गर्ने घोषणा गरेका छन् । उनले फेसबुकमार्फत आफू सचिवमा नरहने भन्दै अर्को व्यक्ति सचिव बन्ने बताएका छन् ।

प्रचण्ड–नेपाल समूहले सोमबार सर्कुलर जारी गर्दै ६८ जिल्लाको जिम्मेवारी तोकेको थियो । जसमा पूर्वमाओवादीलाई ३५ र पूर्वएमालेलाई ३३ जिल्लाको नेतृत्व तोकेको थियो ।

images
प्रकाशित मिति :फाल्गुण ११, २०७७ मंगलवार - ०८:३२:३० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology