Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

गोरखा वारपाक घटना यथाशीघ्र निष्पक्ष छानबिन गर्न पूर्वप्रधानमन्त्री भट्टराईको आग्रह

गोरखा वारपाक घटना यथाशीघ्र निष्पक्ष छानबिन गर्न पूर्वप्रधानमन्त्री भट्टराईको आग्रह

images

इच्छाकामना न्युज

११, फाल्गुण २०७७
गोरखा वारपाक घटना यथाशीघ्र निष्पक्ष छानबिन गर्न पूर्वप्रधानमन्त्री भट्टराईको आग्रह
images

 गोरखा, ११ फागुन । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले बारपाक घटनाको निष्पक्ष छानबिन गर्न माग गरेका छन्। नेता भट्टराईले  सोमबार सामाजिक संजाल ट्वीटमार्फत उक्त घटनाको निष्पक्ष छानबि गर्न माग गरेका हुन्। हाल डा.भट्टराई उपचारका क्रममा भारतको नयाँ दिल्लीमा छन्।

उनले ट्वीटमा लेखेमा छन्- ज्यादै दु:खद घटना ऐतिहासिक बारपाक-सुलीकोटको! घटनाको निष्पक्ष र तथ्यगत छानबिन होस्! सहर मात्र हैन गाउॅघर कुनाकाप्चाका घटनाप्रति पनि उत्तिकै संवेदनशील बनौं।’

बारापाक सुलिकोट गाउँपालिका–१ बारपाकस्थित धाँमी तोराङमा शनिबार राती एउटै घरमा सुतेका एक पुरुष र दुई महिला आइतबार मृतावस्थामा भेटिएका थिए।मृतावस्थामा भेटिनेमा ८४ वर्षीय दिलबहादुर गुरुङ, उनकी बुहारी २२ वर्षीया आइतकुमारी गुरुङ र १३ वर्षीया नातिनी (छोरीकी छोरी) उषा गुरुङ रहेका छन् । मुखबाट फिज निस्किरहेको अवस्थामा शव भेटिएकाले कुनै विषक्त खानेकुरा खाएको हुनसक्ने अनुमान गरिएको छ। 

आइतबार बिहान अबेरसम्म पनि घरको ढोका नखुलेपछि सँगैको छिमेकीले भित्र गएर हेर्दा तीनैजना मृतावस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

दरौदीं दैनिकबाट

images
प्रकाशित मिति :फाल्गुण ११, २०७७ मंगलवार - ०८:२४:१४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology