गोरखा । नेपालका प्रथम सहिद लखन थापामगर र उनका सहयोद्धा जयसिंह चुमी राना मगरको १४८ औं स्मृति दिवसको अवसरमा शहीद लखन गाउँपालिकाले आज र भोलि सार्वजनिक बिदा दिएको छ । गत माघ २३ गतेको गाउँ कार्यपालिका बैठकबाट निर्णय गराएर दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ ।
प्रथम सहिद थापामगर र उनका सहयोद्धा चुमीमगर लगायतका लोकतान्त्रिक गणतन्त्र स्थापनाका निम्ति बलिदान प्राप्त गर्ने सहिदको स्मृति र सम्मानमा विविध कार्यक्रमको आयोजना गरिएको छ । सो अवसरमा आज र भोलि गाउँपालिकाभित्रका सरकारी कार्यालय तथा विद्यालयहरुलाई सार्वजनिक बिदा दिइएको गाउँपालिकाले जनाएको छ ।