गोरखा । गोरखाको सहिद लखन गाउँपालिका ६ स्थित घैरुङ स्वास्थ्य चौकी भवनको निर्माण कार्य सम्पन्न भएको छ ।
वि.स.२०७२ बैशाख १२ गते गएको गोरखा भूकम्पका कारण क्षति भएको भवनको पुर्ननिमाण कार्य सम्पन्न भएको हो ।

नेपाल सरकार स्वास्थ्य मन्त्रालय र भारत सरकारको सहयोगमा पुन निर्माण सम्पन्न भएको हो । यस स्वास्थ्य चौकी भवनको लागत स्टमेट ११ करोड २३लाख १३ हजार ३०४ रुपैयाँ ४ पैसा रहेकोमा खानी निर्माण सेवा कम्पनिले बोल पत्र मार्फत ठेक्का संझौता गरि ८ करोड ५४लाख ६ हजार १ रुपैयाँ ७ पैसा लागतमा सम्पन्न गरि भवन हस्तान्तरण गरिएको गाउँपालिका अध्यक्ष रमेश बाबु थापाले बताउनुभयो ।
अब पिएचवी थ्री टाइपको उक्त नयाँ भवनबाट स्वास्थ्य सेवा प्रवाह गर्ने उहाँले बताउनुभयो ।
