Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

बेनिघाट–दर्बुङफाँट सडक ६ सय मिटर ढलान हुँदै

बेनिघाट–दर्बुङफाँट सडक ६ सय मिटर ढलान हुँदै

images

इच्छाकामना न्युज

२७, माघ २०८१
बेनिघाट–दर्बुङफाँट सडक ६ सय मिटर ढलान हुँदै
images

गोरखा ।  गण्डकी गाउँपालिकाको बेनिघाट–दर्बुङफाँटसम्म ६ सय मिटर सडक ढलानको काम सुरु गरिएको छ । बेनिघाट–दर्बुङफाँटसम्मका विभिन्न सडक खण्डमा ढलान गर्न लागिएको हो । अहिले सिउरेनीटारदेखि वडा नं. ५ दर्बुङ हुँदै वडा नं. ३, ४ फुजेल, आरुघाट जोड्ने सडक अन्तरगतको चुल्ठे भिरमा सडक ढलान हुन लागेको हो ।

उक्त सडक खण्डको एक लेन भने ढलान काम सम्पन्न भइसकेको छ । दुबै लेन नै ढलान कार्य गर्नका लागि उक्त सडकखण्ड फागुन १ गतेदेखि बन्द गर्न लागिएको वडा नं. ५ का वडाध्यक्ष पहलमान बयलकोटीले बताए । हाल उक्त सडक खण्डमा ढलान कार्य जारी छ ।

‘यो सडक ढलानको काम दुई महिना अघिदेखि सुरु भएको हो, एक लेन त ढलान गरेर पनि सकि सक्यो,’ उनले भने, ‘दोस्रो लेन पनि ढलान सम्पन्न गर्ने भनेर केही दिन सडकमा हुने आवतजावत रोक्न बाटो बन्द गर्न लागेका हौं ।’ चुल्ठे भिर बुढीगण्डकीको सुरुङको माथि पर्छ । सुरुङ भएकै कारण उक्त स्थानमा सवारी साधनलाई यात्रा गर्न पनि गाह्रो हुने गरेको उनले बताए ।

‘बुढीगण्डकीको सुरुङ माथिको उकालोमा चुल्ठे भिर पर्छ, त्यहाँ बाटो सारै साँघुरो छ, माथिबाट पहरा फोरेर ठुलो बनाउन पनि नमिल्ने खालको छ,’ उनले भने, ‘बसहरु पनि कोल्टिएर पल्टिन सक्ने जोखिम हुन्छ । त्यसैले त्यस्तो केही घटना घट्नु भन्दा अहिले नै त्यो सडक केही दिनका लागि बन्द गर्न पाए यात्रा गर्न सहज हुन्छ भनेर केही दिन आवतजवत रोक्ने भनेका छौंं ।’

केही दिनको असहजताले भोलिका दिनमा हुन सक्ने दुर्घटना न्युनीकरण हुनेमा आफु विश्वस्त भएको वडाध्यक्ष बयलकोटीले बताए । उक्त सडक ढलान गर्नका लागि गोरखा सडकको एक करोड ७१ लाख र सहरी बिकास कार्यालयबाट एक करोड बजेट विनियोजन भएको उनले जानकारी दिए । गोरखा सडक योजनाको काम प्रतिभा बिल्डर्स प्रा.लिले ठेक्का लिएको छ । सहरी बिकास कार्यालयतर्फको ठेक्का न्यु तीन कन्या निर्माण सेवा प्रा.लिले ठेक्का लिएको छ ।

उक्त सडक ढलान भए पछि बेनिघाट हुँदै आरुघाटसम्म यात्रा गर्ने यात्रुहरुलाई धेरै सहज हुने उनले बताए । साथै बर्खाको समयमा पनि समस्या नहुने उनको भनाई छ । अर्को सूचना जारी नहुँदा सम्म उक्त सडक खण्डमा सबै खाले सवारी साधानको आवतजावत बन्द रहने गाउँपालिकाले जनाएको छ । सडक बन्द रहने अवधिभर फिस्लिङ, दलभञ्जयाङ सडक प्रयोग गर्न सम्बन्धित सबैलाई आग्रह गरिएको छ ।

images
प्रकाशित मिति :माघ २७, २०८१ आइतवार - २०:४५:४७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology