Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

प्रतिनिधिसभा विघटन विरुद्धको संघर्ष चर्काउने प्रचण्ड–नेपाल समूहको तयारी

प्रतिनिधिसभा विघटन विरुद्धको संघर्ष चर्काउने प्रचण्ड–नेपाल समूहको तयारी

इच्छाकामना न्युज

९, फाल्गुण २०७७
प्रतिनिधिसभा विघटन विरुद्धको संघर्ष चर्काउने प्रचण्ड–नेपाल समूहको तयारी

काठमाण्डौ, ९ फागुन । नेकपाको प्रचण्ड–नेपाल समूहले सांगठनिक संरचना टुङ्गो लगाउने र प्रतिनिधिसभा विघटनविरुद्धको संघर्ष चर्काउने विषयमा अन्तरपार्टी निर्देशन जारी गर्ने तयारी गरेको छ । निर्देशन जारी गर्नका निम्ति पार्टी सचिवालयले तयारी गरिरहेको स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले बताउनुभयो । त्यसका मुख्य विषय एकीकरणलाई टुङ्गो लगाउने र संघर्षलाई सशक्त बनाउनेमा केन्द्रित हुने शाक्यको भनाइ छ ।
आवश्यक परेको खण्डमा निर्वाचन आयोगसँग कानुनी लडाइ, सर्वोच्चसँग संवैधानिक लडाइ र सरकारसँग राजनीतिक लडाइँलाई चर्काउनुपर्ने भएकाले त्यसका लागि तयारी रहन कार्यकर्तालाई निर्देशन जारी गर्ने तयारी भएको पनि उहाँले जानकारी दिनुभयो । नेकपाको प्रचण्ड–माधव समूहले आफ्नो समूहमा खुलेका केन्द्रीय सदस्यहरूको केपी ओली र प्रचण्डले हस्ताक्षरित परिचयपत्र सङ्कलन गरिसकेको छ । भौतिक रूपमा उपस्थित हुनुपर्ने भएकाले तयारी रहन निर्देशन आउन सक्ने शाक्यले बताउनुभयो ।

images

images
प्रकाशित मिति :फाल्गुण ९, २०७७ आइतवार - ०९:२१:१८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology