Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

महाकुम्भबाट फर्किंदै गर्दा सवारी दुर्घटनामा ज्यान गुमाउने ५ नेपालीको शव आज नेपाल ल्याइने

महाकुम्भबाट फर्किंदै गर्दा सवारी दुर्घटनामा ज्यान गुमाउने ५ नेपालीको शव आज नेपाल ल्याइने

images

इच्छाकामना न्युज

२०, माघ २०८१
महाकुम्भबाट फर्किंदै गर्दा सवारी दुर्घटनामा ज्यान गुमाउने ५ नेपालीको शव आज नेपाल ल्याइने
images

भारतको मधुवनीमा हिजो (शनिबार) दिउँसो गाडी दुर्घटना हुँदा ज्यान गुमाउने महाेत्तरी, धनुषा र सिराहाका पाँचजना नेपालीको शव आज नेपाल ल्याउने तयारी भएको छ।

मृतकको शव लिनको लागि आफन्त भारततर्फ प्रस्थान गरेका जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी सन्तुलाल जैसवालले जानकारी दिए।

उत्तरप्रदेशको प्रयागराजमा महाकुम्भ स्नान गरेर फर्किंरहेका नेपाली यात्रु सवार बी आर ३२ पी ए ४६६१ नम्बरको गाडी भातरकाे मुजफ्फपुरस्थित सदरथाना क्षेत्रको मादापुरमा रहेको मधुवनी मन्दिर नजिकै दुर्घटना हुँदा पाँचजना नेपालीको मृत्यु भएको थियो। दुर्घटनामा अन्य चारजना नेपाली घाइते भएका छन्।

‘घाइते चारैजनाको अवस्था गम्भीर छ भन्ने खबर हामीलाई आएको छ,’ डीएसपी जैसवालले भने, ‘घाइते सबैको स्थानीय अस्पतालमै उपचार भइरहेको छ। घटनास्थल महोत्तरीको सीमा क्षेत्रबाट झण्डै एकसय किलोमिटर टाढा पर्छ।’

मृत्यु हुनेमा महोत्तरीको जलेश्वर नगरपालिका–७ निवासी ६० वर्षीय बालकृष्ण झा, उनकी पत्नी ५० वर्षीया इन्दु देवी, महोत्तरीकै मनरासिश्वा नगरपालिका-२ घर भएका ५० वर्षीया मनतारन देवी र धनुषाको नगराइन नगरपालिका गङ्गुली बस्ने ३० वर्षीया अर्चना झा छिन्।

मृतक जिप चालक सिराहाका भएको प्रहरीले जनाएको छ। ‘तर, अझैसम्म उनको परिचय खुलेको छैन। हामी थप बुझ्ने प्रयास गरिरहेका छौँ,’ डीएसपी जैसवालले भने।

सोही घटनामा परी मृतक बालकृष्णका भाञ्जा ३० वर्षीय मनोहर ठाकुर, भाञ्जी २५ वर्षीया कामिनी झा, बहिनी ५० वर्षीया जगतारण देवी र नातिनी आठ वर्षीया सृष्टि झा गम्भीर घाइते भएका प्रहरीले जनाएको छ। बालिका सृष्टि अर्चनाकी छोरी हुन्।

गाडी चालकसहित मृतक पाँच जना चार परिवारका सदस्य हुन्। आफन्त भित्रका तीन परिवारका सदस्य गाडी रिजर्भ गरेर एकसाथ कुम्भ स्नान गर्न गएका थिए। ‘कुम्भ स्नान गरेर फर्किने क्रममा तीव्र गतिको कारण गाडी दुर्घटना परेको स्थानीयले बताएका छन्,’ जैसवालले भने।

images
प्रकाशित मिति :माघ २०, २०८१ आइतवार - ०९:४८:१३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology