गोरखा, १२ माघ । गोरखाको सहिद लखन गाउँपालिकामा घरघरमा पुगेर मृत्यु दर्ता प्रमाण पत्र प्रदान गर्न सुरु गरिएको छ । गाउँपालिकाको वडा नम्बर ७ ले वडा भित्र मृत्यु भएका व्यक्तिको मृत्यु दर्ता प्रमाण पत्र शुक्रबारदेखि घरमै पुगेर उपलब्ध गराउन सुरु गरेको वडाध्यक्ष शरण श्रेष्ठले जानकारी दिनुभयो ।
‘‘वडा कार्यालयले निर्णय नै गरेर शोकमा परेका मृतकका घरपरिवारलाई समवेदना र भेटघाटका लागि पुग्दासंगै घरमै मृत्यु दर्ता प्रमाण पत्र पनि उपलब्ध गराउन सुरु थालेको हो, उहाँले भन्नुभयो, ‘‘अवदेखि मृत्यु दर्ताका लागि कोही पनि वडा कार्यालयसम्म धाउनु पर्दैन ।’’
वडाबाट नागरिकलाई प्रदान गरिने सेवाप्रवाहलाई थप सहज बनाउन कार्यालयले यस्तो निर्णय गरेको वडाध्यक्ष श्रेष्ठको भनाई छ । ‘‘वडाले पहिलो पटक कार्यालयले बुङ्कोटस्थित गरन्जा गाउँका मृतक लिलाबहादुर थापाको परिवारलाई हिजो घरमै पुगेर मृत्यु दर्ता प्रमाणपत्र प्रदान गरेको हो, उहाँले भन्नुभयो, ‘‘अवदेखि नियमित रुपमा मृत्यु दर्ता घरघरमा उपलब्ध गराउनेछौ ।’’