Logo

आइतवार, कार्तिक ९ गते २०८३

images
२०८३, कार्तिक ९ गते
TRENDING
images

देवघाटधाम जेसीजको आयोजनामा एक दिने क्षमता अभिवृद्धि तालिम प्रदान

देवघाटधाम जेसीजको आयोजनामा एक दिने क्षमता अभिवृद्धि तालिम प्रदान

images

इच्छाकामना न्युज

११, माघ २०८१
देवघाटधाम जेसीजको आयोजनामा एक दिने क्षमता अभिवृद्धि तालिम प्रदान
images

 देवघाट, माघ ११ । देवघाटधाम जेसीजको आयोजना तथा देवघाट गाउँपालिकाको आर्थिक सहयोगमा शुक्रबार एक दिने क्षमता अभिवृद्धि तालिम दिइएको छ ।

देवघाट ५ स्थित नमस्ते देवघाट गार्डेन रिसोर्टमा आयोजना गरिएको उक्त तालिममा देवघाट गाउँपालिका-५ वडा भित्रका सम्पूर्ण टोल विकास संस्था,सहकारी संस्था,सामुदायिक वन र अन्य संघसंस्थाहरूका पदाधिकारीहरुका लागि दिइएको देवघाटधाम जेसीज वर्ष-२०२५ का अध्यक्ष जेसी प्रशन्न ढकालले बताउनुभयो ।

संस्थाको नेतृत्व गर्दै आइरहेको जो कोहिमा पनि नेतृत्व गर्ने क्षमता राम्रो छ भने मात्र त्यो संस्था राम्रो हुन्छ भन्ने कुरालाई मनन गर्दै तालिमको आयोजना गरिएको अध्यक्ष ढकालले बताउनु भयो । उक्त तालिमको उद्घाटन गर्दै देवघाट गाउँपालिकाका अध्यक्ष तथा देवघाटधाम जेसीजका मानार्थ सदस्य तिल बहादुर थापाले देवघाटधाम जेसीजले समाज र स्वदेशमै केही गर्छु भन्ने देवघाटका केही युवाहरूको लागि अति राम्रो काम गर्दै आएको बताउनुभयो । जेसीजले विभिन्न तालिमहरूको आयोजना गर्दै युवाहरूलाई उत्प्रेरित गराउदै आइरहेको हुदाँ समन्वय गर्दै तालिमहरू आयोजना गरिएको अध्यक्ष थापाले भन्नुभयो ।

उक्त एकदिने तालिमको प्रशिक्षक बिदुर के.सी ले प्रशिक्षण दिनभएको थियोे । देवघाटधाम जेसीजले स्थापना कालदेखि नै तालिमहरू दिदै आइरहेको र यस वर्ष प्रत्येक वडामा एकएक दिने क्षमता अभिवृद्धि तालिमको आयोजना गरिएको हो ।

सो तालिममा देवघाट-५ वडाका सदस्य कमला गुरूङ र याम बहादुर मगर,देवघाटधाम जेसीजका संस्थापक अध्यक्ष जेसी विकास सापकोटा,देवघाटधाम जेसीज वर्ष-२०२४ का अध्यक्ष जेसी रघु मल्ल,टोल विकास संस्था,सहकारी संस्था,सामुदायिक वन,जेसीजका पदाधिकारीहरू र अन्य संघसंस्थाहरूका पदाधिकारीहरुको सहभागीता रहेको थियोे ।

images
प्रकाशित मिति :माघ ११, २०८१ शुक्रवार - २०:१०:५३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology