देवघाट । २४ औं सशस्त्र प्रहरी दिवशको अवसरमा देवघाटधाम क्षेत्रमा आज बुधबार सरसफाई गरिएको छ ।
भानु नगरपालिका वडा नम्बर २ स्थित सशस्त्र प्रहरी बल नेपाल नं. २३ गर हेक्वा मनकामनाका सशस्त्र प्रहरी निरीक्षक राम खड्काको संयोजकमा देवघाटधामको बेनी संगम वरिपरि सरसफाइ गरिएको हो।
सो सरसफाइ कार्यक्रम देवघाट गाउँपालिका अध्यक्ष तिलबहादुर थापाको विशेष उपस्थितीमा देवघाटधामको संगम स्थल नदि किनार वरिपरि सरसफाइ गरिएको थियो ।