भरतपुर , पुस २९। भरतपुर महानगरपालिका–१२ स्थित आईएसएमटी कलेज चितवनले भोलि माघ १ गते ‘आईएसएमटी म्युजिक फेस्ट २०२५’ आयोजना गर्दै छ । कलेजले विद्यार्थीहरुलाई पढाइका साथै मनोरञ्जन पनि गराउने उद्देश्यले आफ्नै प्राङ्गणमा म्युजिक फेस्ट आयोजना गर्न लागेको जनाएको छ ।
कार्यक्रममा नेपालका चर्चित ब्यान्ड ‘द इलिमेन्ट्स’ को प्रस्तुति रहनुका साथै कलेजमा अध्ययनरत विद्यार्थीहरूले आफ्नो कला, गायन, नृत्य प्रस्तुत गर्ने कलेजले जनाएको छ ।