Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

देवघाटधाममा माघेसङ्क्रान्ति मेलाको सम्पूर्ण तयारी अन्तिम चरणमा

देवघाटधाममा माघेसङ्क्रान्ति मेलाको सम्पूर्ण तयारी अन्तिम चरणमा

images

इच्छाकामना न्युज

२८, पौष २०८१
देवघाटधाममा माघेसङ्क्रान्ति मेलाको सम्पूर्ण तयारी अन्तिम चरणमा
images

देवघाट, पुस २८। पवित्र तीर्थस्थल देवघाटधाममा माघेसङ्क्रान्ति मेलाको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ । माघे सङ्क्रान्तिदेखि एक महिनासम्म लाग्ने मकर मेलाको तयारी अन्तिम चरणमा पुगेको हो ।

सङ्क्रान्तिको अघिल्लो दिनदेखि माघ महिनाभर मेला लाग्ने भएकाले विगतका वर्षहरूको तुलनामा यस वर्ष भक्तजन बढी आउने अनुमान गरिएको देवघाट क्षेत्र विकास समितिले जनाएको छ ।

समितिका अध्यक्ष भीमबहादुर रानाको अध्यक्षतमा एक सय ५१ सदस्यीय मेला व्यवस्थापन मूल समारोह समिति गठन गरी माघेसङ्क्रान्तिको तयारी गरिएको हो । उहाँका अनुसार मेलालाई व्यवस्थित गर्न २२ वटा उपसमिति गठन गरी काम गरिएको हो ।

विकास समितिका कार्यकारी निर्देशक सदन बरालले सङ्क्रान्तिको दिन पाँच लाख भक्तजन आउने अनुमान गरी सोहीअनुसार तयारी गरिएको जानकारी दिनुभयो । माघलाई पवित्र महिना मानिने हुँदा यो अवधिभर महामहोत्सव लाग्ने बताउँदै उहाँले करिब आठ लाख भक्तजन आउने अनुमान गरिएको उल्लेख गर्नुभयो ।

डुङ्गाको शुल्क निर्धारण, चितवन र देवघाट जोड्ने झोलुङ्गे पुल मर्मत, अस्थायी शौचालय निर्माणलगायत काम सकिएको समितिका अध्यक्ष राना बताउनुभयो । “नदीमा स्नान गर्नेका लागि रेखाङ्कन भइरहेको छ । माघेसङ्क्रान्तिका दिन स्नान गर्न पाँच लाख भक्तजन आउने अनुमान गरेका छौँ”, उहाँले भन्नुभयो ।

गोसाइँकुण्डबाट आएको त्रिशूली र मुक्तिनाथबाट आएको कालीगण्डकी दोभान देवघाटमा माघेसङ्क्रान्तिका दिन नुहाउँदा धार्मिक फल प्राप्त हुने विश्वास रहेकाले उक्त दिन भक्तजनको घुइँचो लाग्ने समितिले जनाएको छ । मुलुकका विभिन्न जिल्लाका साथै भारतका हिन्दू धर्मावलम्बीहरू पनि यस दिनमा स्नान गर्न देवघाट आउने गर्दछन् । माघेसङ्क्रान्तिमा देवताहरू पनि नुहाउन, तीर्थ गर्न देवघाट आउने धार्मिक कथन रहेको छ । रासस

images
प्रकाशित मिति :पौष २८, २०८१ आइतवार - २०:३५:१५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology