Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

चिकित्सकहरुको परामर्श शुल्क वृद्वि सम्बन्धमा आफ्नो सहमति नभएको स्वास्थ्य मन्त्रालय प्रष्टोक्ति

चिकित्सकहरुको परामर्श शुल्क वृद्वि सम्बन्धमा आफ्नो सहमति नभएको स्वास्थ्य मन्त्रालय प्रष्टोक्ति

इच्छाकामना न्युज

६, फाल्गुण २०७७
चिकित्सकहरुको परामर्श शुल्क वृद्वि सम्बन्धमा आफ्नो सहमति नभएको स्वास्थ्य मन्त्रालय प्रष्टोक्ति

काठमाण्डौ, ६ फागुन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सकहरुको परामर्श शुल्क वृद्धिसम्बन्धमा आफ्नो सहमति नरहेको प्रस्ट पारेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज विज्ञप्ति जारी गर्दै नेपाल चिकित्सक संघद्वारा मन्त्रालयमा प्रेषित परामर्श शुल्कसम्बन्धी पत्रबारे मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो । 
प्रवक्ता गौतमका अनुसार यही माघ ४ गते मन्त्रालयका प्रमुख विशेषज्ञको संयोजकत्वमा रहेको कमिटीसँग गरिएको सम्झौता कार्यान्वयन गर्न मन्त्रालयले थप निर्णय गर्नुपर्ने तथ्यलाई नबुझी एकलौटी रुपमा नेपाल चिकित्सक संघ र एफिनद्वारा वृद्धि गरिएको परामर्श शुल्कप्रति मन्त्रालयको असहमति छ । ‘यसअघि मन्त्रालयबाट गठित परामर्श शुल्क सिफारिस समितिले सिफारिस गरेको शुल्क परिमार्जनलाई मन्त्रालयले निर्णय नगरिसकेको अवस्थामा र मन्त्रालयसँग थप कुनै पनि परामर्श नगरी शुल्क वृद्धि गर्ने अवस्था रहँदैन, डा. गौतमद्वारा जारी विज्ञप्तिमा भनिएको छ । 
तसर्थ आवश्यक थप गृहकार्य र मन्त्रालयसँग परामर्श गरीमात्र यस किसिमको निर्णय उचित हुने भनिएको छ । 

images

images
प्रकाशित मिति :फाल्गुण ६, २०७७ बिहिवार - १९:०१:४३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology