Logo

शनिवार, कार्तिक २९ गते २०८३

images
२०८३, कार्तिक २९ गते
images

कालिका मन्दिरस्थित भित्री सडकमा अटोमा मोटरसाइकल ठोक्किँदा चार जना घाइते

कालिका मन्दिरस्थित भित्री सडकमा अटोमा मोटरसाइकल ठोक्किँदा चार जना घाइते

images

इच्छाकामना न्युज

२७, पौष २०८१
कालिका मन्दिरस्थित भित्री सडकमा अटोमा मोटरसाइकल ठोक्किँदा चार जना घाइते
images

कालिका । कालिका नगरपालिका वडा नं–८, कालिका मन्दिरस्थित भित्री सडकखण्डमा अटोमा मोटरसाइकल ठोक्किँदा चार जना घाइते भएका छन् ।

जुटपानी चोकबाट न्युरेनीतर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ह ४२३ नम्बरको अटोमा शक्तिखोरबाट जुटपानीतर्फ आउँदै गरेको ना ५७ प १६७ नम्बरको मोटरसाइकल ठोक्किएको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक कालिका वडा नं १० बस्ने १८ वर्षीय मिलन तामाङ, मोटरसाइकलपछाडि सवार सोही ठाउँका १५ वर्षीय सुजन तामाङ, अटो चालक कालिका ६ बस्ने ३३ वर्षीय होमबहादुर गुरूङ र अटोमा सवार सोही ठाउँ बस्ने सन्तोष तामाङ रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, अटो चालकलाई उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुरमा पठाइएको र अन्य घाइतेको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । दुवै सवारीसाधनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :पौष २७, २०८१ शनिवार - २०:५६:१७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology