Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

दशौं खिचरा महोत्सवको तयारी अन्तिम चरणमा

दशौं खिचरा महोत्सवको तयारी अन्तिम चरणमा

इच्छाकामना न्युज

२७, पौष २०८१
दशौं खिचरा महोत्सवको तयारी अन्तिम चरणमा
images

चितवन । पूर्वी चितवनको खैरहनीमा यही पुस २९ गतेबाट सुरु हुने दशौं खिचरा महोत्सवको तयारी अन्तिम चरणमा पुुगेको छ । महोत्सवको आयोजक संस्था थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं ७ ले शनिबार पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवको उद्देश्य र तयारीको बारेमा जानकारी गराएको हो ।

images
images

महोत्सवको बागमती प्रदेश सरकारका मुुख्यमन्त्री बहादुुर सिंह लामाले उद्घाटन गर्ने महोत्सव मुल समारोह समितिका संयोजक रामेश्वर चौधरीले जानकारी दिए । थारु समुदायको महानपर्व माघीको अबसर पारेर हरेक बर्ष खैरहनी वडा नं ५ गौचरणमा खिचरा महोत्सव हुँदै आएको छ । थारु संस्कृति जोगाउन आयोजना गरिदै आएको खिचरा महोत्सव पछिल्लो समय साझा सम्पतीको रुपमा विकास भएको संयोजक चौधरीले बताए ।

१५० वटा स्टल रहने सो महोत्सव परिसरमा थारु समुदायको परम्परागत खाना घोंगी, चिचर र कृषि उत्पादनमा थारु समुदायले प्रयोग गर्ने हलगोरुको प्रतिमा निर्माण गरिएको संयोजक चौधरीले बताए ।

माघ ७ गते सम्म चल्ने महोत्सवमा थारु समुदायका परम्परागत खानाका परिकारको प्रर्बद्धनमा जोड दिइएको छ । “राष्ट्रिय एकता र विविधता हाम्रो शान बहुजाति, भाषा, संस्कृति नेपालको पहिचान “भन्ने मुल नाराका साथ आयोजना हुने यस वर्षको खिचरा महोत्सवलाई सभ्य, भव्य र सफलतापूवर्क सम्पन्न गर्नका लागि २० वटा विभिन्न समितिहरु गठन गरिएको छ ।
चितवन जिल्लाकै पहिलो साँकृतिक एवं व्यापारिक महोत्सवको रुपमा आयोजना गरिएको महोत्सवको आफ्नै विशेषता र महत्व रहेको आयोजक संस्थाका पूर्व अध्यक्ष नारायण महतोले खिचरा महोत्सव थारु समुदायको कला, संस्कृति, भेषभुषा प्रवद्र्धन गर्ने महत्वपूर्ण ब्राण्ड बनेको बताए । महोत्सवलाई चितवनबासी थारु समुदायले मात्र नभई देशभर रहेका थारु समुदायले नै गर्वको रुपमा लिने गरेको भन्दै उनले थारु समुदायको साँस्कृतिक वर्ष, भेषभुषा, भाषाको संस्कृतिको संरक्षण गर्नु प्रमुख उद्देश्य रहेको बताए ।
खिचरा महोत्सबमा उद्योग, व्यापार, कृषि तथा पर्यटनको प्रवद्र्धन, स्थानीय कला संस्कृतिको प्रवद्र्धन, स्थानीय स्तरमा उत्पादिन बस्तुको प्रवद्र्धन गराउन १५० वटा स्टल रहने छ ।

images
प्रकाशित मिति :पौष २७, २०८१ शनिवार - २०:४८:११ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology