Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

गण्डकी गाउँपालिकाको केन्द्र वनटार राख्ने गाउँसभाको निर्णय

गण्डकी गाउँपालिकाको केन्द्र वनटार राख्ने गाउँसभाको निर्णय

images

इच्छाकामना न्युज

२७, पौष २०८१
गण्डकी  गाउँपालिकाको केन्द्र वनटार राख्ने गाउँसभाको निर्णय
images

गोरखा । गण्डकी गाउँपालिकाको केन्द्र वडा नम्बर ६ स्थित वनटारमा राख्ने गाउँसभाले निर्णय गरेको छ । शुक्रबार भएको १७ औं गाउँसभामा पालिकाको केन्द्रबारे मतदान भएको थियो । मतदानमा गाउँपालिकाको प्रशासकीय भवन वनटारमा राख्ने निर्णयको पक्षमा दुई तिहाई मत परेको गाउँपालिका अध्यक्ष दिपक तिमल्सिनाले बताए  ।

‘कायम रहेको सभा सदस्य संख्यामध्ये दुई तिहाई मत पक्षमा आयो, विपक्षमा शून्य मत प्राप्त भयो,’ उनले भने ।

दुई तिहाई मतले प्रशासकीय भवन वनटारमा कायम गर्ने पारित गरिएको अध्यक्ष तिमल्सिनाले बताए । शुक्रबारको गाउँसभा कांग्रेस एमालेबाट निर्वाचित जनप्रतिनिधिले भने बहिष्कार गरेका थिए ।

अघिल्लो कार्यकालदेखि नै गण्डकी गाउँपालिकाको केन्द्रबारे विवाद हुँदै आएको छ । साविकको गाविस भवन (ओखलडाँडा)बाट प्रवाह हुँदै आएको सेवा २०७९ मा निर्वाचित भएलगत्तै वनटारमा सारेर सेवा केन्द्रमार्फत सेवा प्रवाह हुँदै आएको थियो । ‘पहिलो कार्यकालमा पनि ओखलडाँडामा केन्द्र राख्ने नियमसम्मत थिएन,’ अध्यक्ष तिमल्सिनाले भने,‘केन्द्र सार्ने निर्वाचनको एजेण्डा पनि थियो, फुजेल, घ्याल्चोक, दर्वुङ लगायतका क्षेत्रका बासिन्दालाई पायक पर्ने गरी वनटारमा केन्द्र बनाएका हौं, यहाँ केन्द्र राख्न धेरै साथीहरुले समर्थन जनाउनुभएको छ ।’

images
प्रकाशित मिति :पौष २७, २०८१ शनिवार - २०:२१:४८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology