Logo

शनिवार, कार्तिक २९ गते २०८३

images
२०८३, कार्तिक २९ गते
images

मकवानपुर सवारी दुर्घटना : मृतकको संख्या २ पुग्यो

मकवानपुर सवारी दुर्घटना : मृतकको संख्या २ पुग्यो

images

इच्छाकामना न्युज

२७, पौष २०८१
मकवानपुर सवारी दुर्घटना : मृतकको संख्या २ पुग्यो
images

मकवानपुर ।  पश्चिमी मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित डिपार्टमा भएको सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या दुई पुगेको छ भने १२ जना घाइते भएका छन् । 

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार शनिबार दिउँसो मनहरी–६ स्थित पूर्व-पश्चिम राजमार्गमा चितवनतर्फ आउँदै गरेको प्रदेश १–०२६ च ५२५० नम्बरको स्कर्पियो र हेटौंडातर्फ आउँदै गरेको बा.१६ च ८३२४ नम्बरको कार एकआपसमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा कार चालक हेटौंडा–४ स्कुलरोडका ६० वर्षीय सुरेन्द्रलाल श्रेष्ठ र जिल्ला चितवन राप्ति नगरपालिका–२, गड्यौलीका ५० वर्षीय सुनिता श्रेष्ठको ज्यान गएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जनाएका छन् । उनीहरुको उपचारको क्रममा चितवनमा ज्यान गएको जनाइएको हो । दुर्घटनामा घाइते भएका १२ जनाको चितवनमै उपचार भइरहेको छ ।

images
प्रकाशित मिति :पौष २७, २०८१ शनिवार - २०:१९:५२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology