Logo

शनिवार, कार्तिक २९ गते २०८३

images
२०८३, कार्तिक २९ गते
images

सिंगापुरको पासपोर्ट विश्वकै शक्तिशाली, नेपालको वरियता झन् खस्कियो

सिंगापुरको पासपोर्ट विश्वकै शक्तिशाली, नेपालको वरियता झन् खस्कियो

images

इच्छाकामना न्युज

२७, पौष २०८१
सिंगापुरको पासपोर्ट विश्वकै शक्तिशाली, नेपालको वरियता झन् खस्कियो
images

काठमाडौं । सिंगापुरको राहदानी (पासपोर्ट) फेरि पनि विश्वकै शक्तिशाली पासपोर्टको सूचीमा पहिलो नम्बरमा पर्न सफल भएको छ । जापानलाई उछिन्दै सिंगापुरको पासपोर्ट विश्वका राहदानी र्‍याङ्किङ संस्था हेन्ले पासपोर्ट इन्डेक्सको शीर्ष स्थान ओगट्न सफल भएको हो ।

कुनै पनि देशका नागरिकले प्राप्त गर्ने भिसा बिना र आवश्यकताका आधारमा भिसा प्राप्त सक्ने क्षमताका आधारमा विश्वमा यात्रा गर्न पाउने स्वतन्त्रताको मापन गरी यो सूची तयार गरिन्छ । सिंगापुरका नागरिकले विश्वका १९५ गन्तव्यमा बिना भिसा यात्रा गर्न पाउने छन् । दोस्रो स्थानमा रहेको जापानको राहदानीधारीले १९२ गन्तव्यमा बिना भिसा यात्रा गर्न पाउँछन् ।

तेस्रो स्थानमा रहेका फिनल्याण्ड, फ्रान्स, जर्मनी, इटाली, दक्षिण कोरिया र स्पेन राहदानीधारीले १९२ गन्तव्यमा बिना भिसा यात्रा गर्न पाउनेछन् । इराक (१०४ औं), सिरिया (१०५ औं) र अफगानिस्तान (१०६ औं) पाकिस्तान (१०३ औँ) भन्दा कमजोर पासपोर्ट भएका देशहरू छन् । सोमालिया, नेपाल, प्यालेस्टाइन र बङ्गलादेश जस्ता राष्ट्रहरू पाकिस्तानभन्दा माथि छन् । सोमालिया १०२ औँ स्थानमा छ, जुन पाकिस्तानभन्दा एक स्थान मात्र अगाडि छ ।

नेपालको राहदानीको भने वरियता झन् खस्किएको छ । यसअघि नेपालको राहदानी ९८ औं स्थानमा रहेकोमा ३९ अंकसहित १०१ औ स्थानमा रहेको छ । यस वर्ष नेपाल ३९ अर्थात् ३९ देशमा अग्रिम भिसा लिनु पर्दैन ।

पासपोर्टको वरियता कसरी निर्धारण गरिन्छ ?
यो वरीयता वर्षमा दुई पटक जारी गरिन्छ । सूचकांक पहिलो पटक जनवरीमा र दोस्रो पटक जुलाईमा जारी गरिन्छ । हेन्ले पासपोर्ट भिसा सूचकांक वेबसाइट अनुसार वास्तविक–समय डाटा वर्षभरि अद्यावधिक गरिन्छ । भिसा नीतिहरूमा परिवर्तनहरू पनि अपडेट गर्ने गरिन्छ ।

कुनै देशको राहदानीधारीले भिसा नलिइकन कति देशको यात्रा गर्न सक्छन् भन्ने आधारमा र्‍याङ्किङ निर्धारण गरिन्छ । यसका लागि उनले अग्रिम भिसा लिनु पर्दैन । यसबाहेक धेरै देशहरूले भिसा फ्री यात्राको विकल्प पनि प्रदान गर्छन् । यसको मतलब कुनै निश्चित देशका मानिसहरु भिसाबिना पनि त्यस देशमा जान सक्ने नीतिलाई आधार बनाइन्छ ।

images
प्रकाशित मिति :पौष २७, २०८१ शनिवार - ०९:१५:२३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology