Logo

शनिवार, कार्तिक २९ गते २०८३

images
२०८३, कार्तिक २९ गते
images

चितवनमा २४७ फरार प्रतिवादी पक्राउ

चितवनमा २४७ फरार प्रतिवादी पक्राउ

images

इच्छाकामना न्युज

२६, पौष २०८१
चितवनमा २४७ फरार प्रतिवादी पक्राउ
images

भरतपुर । जिल्ला प्रहरी कार्यालय चितवनले अदालतको फैसला कार्यान्वयनका लागि फरार प्रतिवादीलाई पक्राउ गर्ने विशेष अभियान सञ्चालन गरेको छ । विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका प्रतिवादीलाई पक्राउ गरी कैद तथा जरिवाना असुल गर्न प्रहरीले अदालतमा उपस्थित गराउने गरेको छ । चितवन प्रहरीले एक महिना नपुग्दै २४७ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

पुस २४ गते बुधबार १०२ र बिहीबार ७७ जना फरार प्रतिवादी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले बताए । ‘अदालतको फैसला कार्यान्वयन गर्न प्रहरीले फरार प्रतिवादीलाई पक्राउ गर्ने अभियान नै सञ्चालन गरेको छ । स्थायी वतन अर्को जिल्ला भएर यहाँ आएर अपराध गरी भागेकालाई समात्नु चुनौतीपूर्ण छ’, उनले भने ।

पक्राउ परेका प्रतिवादीहरु जालसाजी, जुवा, सम्बन्धविच्छेद, सार्वजनिक अपराध, किर्ते, लागूऔषध, चेक अनादर, चोरी, गाली बेइज्जतीलगायत मुद्दाका रहेका उनले बताए । २०७५ सालअघि सार्वजनिक अपराध मानिने मुद्दालाई त्यसयता अभद्र व्यवहार भनी कानुनी व्यवस्था गरिएको छ । उनका अनुसार २४७ जना प्रतिवादीबाट ४७ लाख तीन हजार रूपैयाँ जरिवाना र दुई वर्ष सात महिना २० दिन कैद सजाय असुल गरिएको छ ।

‘हामीले ३५ वर्षअगाडि अदालतबाट चोरी मुद्दामा दोषी ठहर भई फरार भएका प्रतिवादीलाई पनि पक्राउ गरी फैसला कार्यान्वयन गराएका छौँ’, उनले भने ।

२०४५ सालमा चोरी मुद्दामा दोषी ठहर भई अदालतबाट १९५ रूपैयाँ जरिवाना तोकिएका फरार प्रतिवादीलाई पनि प्रहरीले पक्राउ गरेको छ । कैद सजाय तथा जरिवाना असुल गर्नका लागि अदालतले फरार प्रतिवादीको सूची प्रहरी कार्यालयमा पठाउने गर्छ । सोही आधारमा फरार प्रतिवादी खोजेर प्रहरीले अदालतमा उपस्थित गराउँछ ।

images
प्रकाशित मिति :पौष २६, २०८१ शुक्रवार - १०:२७:१८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology