Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

एन्फा महिला लिगमा वालिङ र बाग्मती खेल्दै

एन्फा महिला लिगमा वालिङ र बाग्मती खेल्दै

इच्छाकामना न्युज

२६, पौष २०८१
एन्फा महिला लिगमा वालिङ र बाग्मती खेल्दै
images

काठमाण्डौ । एन्फा महिला फुटबल लिगमा आज स्याङ्जाको वालिङ नगरपालिका र बाग्मती युथ क्लव खेल्दैछन् । यो खेल ललितपुरको सातदोबाटोमा रहेको एन्फाको मैदानमा दिउँसो ३ बजे शुरू हुनेछ ।

images
images

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा भइरहेको लिगको दोस्रो चरणमा पाँच टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।

गएको भदौ अन्तिममा भएको लिगको पहिलो चरणमा सहभागी १० टोलीबाट शीर्ष पाँच टोली अन्तिम चरणका लागि छनोट भएका हुन् ।

यही माघ १६ गतेसम्म चल्ने दोस्रो चरणको लिगमा विभागीय टोलीहरू नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बलको एपीएफ क्लब र आर्मीसहित वालिङ नगरपालिका र बाग्मती युथ क्लब सहभागी छन् ।

लिग चरणको २० खेलपछि शीर्ष चार टोलीले प्लेअफमा स्थान बनाउनेछन् । 

images
प्रकाशित मिति :पौष २६, २०८१ शुक्रवार - १०:०४:३९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology