Logo

शनिवार, कार्तिक २९ गते २०८३

images
२०८३, कार्तिक २९ गते
images

चीनमा एमपक्स स्ट्रेनका पाँच जना नयाँ सङ्क्रमित फेला

चीनमा एमपक्स स्ट्रेनका पाँच जना नयाँ सङ्क्रमित फेला

images

इच्छाकामना न्युज

२६, पौष २०८१
चीनमा एमपक्स स्ट्रेनका पाँच जना नयाँ सङ्क्रमित फेला
images

चीन । चीनमा एमपक्स स्ट्रेनका पाँच जना नयाँ सङ्क्रमित फेला पारेको छ । एमपक्स प्रकोपलाई प्रभावकारी रूपमा नियन्त्रण गर्ने प्रयासका बाबजुद पाँच नयाँ सङ्क्रमित फेला परेका चिनियाँ अधिकारीहरूले बताएका छन् ।

चिनियाँ स्वास्थ्य अधिकारीहरूले एमपक्स स्ट्रेन क्लेड १ बी को समूहगत प्रकोप फेला परेको बताएका समाचार संस्था एएफपीले जनाएको छ ।

कङ्गोबाट आएका मानिसको सम्पर्कमा रहेका व्यक्तिमा सङ्क्रमण पुष्टि भएको हो । यसबाहेक अहिलेसम्म अरु सम्पर्कहरूमा कुनै केस फेला नपरेको त्यहाँको स्वास्थ्य निकायले जनाएको छ ।

एमपक्स जनावरबाट मानिसमा सर्ने भाइरसबाट हुन्छ । तर यो नजिकै रहेका व्यक्तिबाट अर्को व्यक्तिमा फैलिन सक्छ । यसले ज्वरो आउने, मांसपेशी दुख्ने, छालामा ठूला फोका जस्ता घाउ आउने र यो घातक हुनसक्ने डाक्टरहरु बताउँछन् ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले गएको अगस्टमा यस भाइरसलाई लिएर विश्वव्यापी स्वास्थ्य आपत्काल घोषणा गरेको थियो र कङ्गोमा भएको प्रकोपपछि नोभेम्बरमा यसलाई नवीकरण गरेको थियो ।

कङ्गोमा यसले एक हजारभन्दा धेरै मानिसको ज्यान लिएको छ । डब्लूएचओको अगस्टको घोषणापछि चीनले छ महिनाभित्र देशमा प्रवेश गर्ने मानिसहरूलाई एमपक्सका लागि जाँच गर्ने घोषणा गरेको थियो ।

डब्लूएचओका अनुसार सन् २०२२ देखि १ सय २० भन्दा धेरै देशमा एमपक्सका केसहरू रिपोर्ट गरिएका छन् ।

images
प्रकाशित मिति :पौष २६, २०८१ शुक्रवार - ०९:५९:११ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology