Logo

शनिवार, कार्तिक २९ गते २०८३

images
२०८३, कार्तिक २९ गते
images

अमेरिकाको लस एन्जेलसमा लागेको डढेलोका कारण पाँच जनाको ज्यान गयो

अमेरिकाको लस एन्जेलसमा लागेको डढेलोका कारण पाँच जनाको ज्यान गयो

images

इच्छाकामना न्युज

२५, पौष २०८१
अमेरिकाको लस एन्जेलसमा लागेको डढेलोका कारण पाँच जनाको ज्यान गयो
images

अमेरिका । अमेरिकाको लस एन्जेलसमा जङ्गलमा लागेको डढेलोका कारण पाँच जनाको ज्यान गएको छ । अरु कयौँ व्यक्ति घाइते भएका छन् ।

जङ्गल नजिकैको बस्तीमा आगो फैलिँदा एक हजारभन्दा धेरै संरचनाहरुमा क्षति भएको बीबीसीले जनाएको छ ।

अहिलेसम्म हजारौं मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ । अस्ति मङ्गलवारदेखि जङ्गल र आसपास चारैतर्फ तीव्र फैलिएको आगो मध्य पालिसेड्स, ईटन,  हर्स्ट र वुडलीमा नियन्त्रण गर्न सकिएको छ ।

लस एन्जलसका अग्निनियन्त्रकहरूले शहर र वरपर जङ्गलमा लागेको आगोलाई नियन्त्रण गर्न पानीको अभाव भएको बताएका खबरमा उल्लेख छ ।

पालिसेड्सबाट २७ हजार मानिसलाई स्थानान्तरण गरिएको छ भने ईटनमा समेत साढे ३२ हजार मानिसलाई घर छोड्न भनिएको छ ।

पालिसेड्सका अधिकारीहरुले अहिलेको मौसममा त्यहाँ आगो लाग्नु स्वभाविक मानिएको तर अहिलेको आगो र डढेलो इतिहासमा सबैभन्दा विनाशकारी भएको बताएका छन् ।

राष्ट्रपति कार्यालय ह्वाइटहाउसले आपतकालीन अवस्थाको आँकलन गरेर शीघ्र क्षति कम गर्न आवश्यक पहलका लागि निर्देशन दिइसकेको छ । आगो फैलिएको क्षेत्रमा विमान र दमकल परिचालन गरिएको छ ।

images
प्रकाशित मिति :पौष २५, २०८१ बिहिवार - ०९:४४:०१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology