चितवन । कार दुर्घटनामा परेर गम्भीर घाइते भएका नारायणगढका युवा व्यवसायी रमेश गैरेको निधन भएको छ ।
उनको भरतपुर अस्पतालमा उपचारका क्रममा हिजो साँझ निधन भएको हो ।
नारायणगढको कमलनगरमा गगहाउस सञ्चालन गर्दै आएका ३८ वर्षीय युवा व्यवसायी गैरेको उपचारको क्रममा उनको निधन भएको हो ।
उनको २३ दिनदेखि भरतपुर अस्पतालमा उपचार भइरहेको थियो ।
पौष १ गते चितवनको माडीमा लायन्सक्ल अफ नारायणगढ प्रोफेसनलको आयोजनामा भएको न्यानो कपडा तथा स्टेशनरी वितरण कार्यक्रममा सहभागि भएर फर्कने क्रममा चितवन निकुञ्जको जंगलमा कार दुर्घटनामा परि गैरे गम्भिर घाइते भएका थिए ।