Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

बाँदर धपाउन शहिद लखनका किसानलाई अनुदानमा गुलेली

बाँदर धपाउन शहिद लखनका किसानलाई अनुदानमा गुलेली

पत्रपत्रिका

२४, पौष २०८१
बाँदर धपाउन शहिद लखनका किसानलाई अनुदानमा गुलेली
images

शहिद लखन । बाँदरले दुःख दिन थालेपछि शहिद लखन गाउँपालिका वडा नम्वर ४ ले गुलेली विक्री गर्न थालेको छ । गत बर्षबाट किसानलाई अनुदानमा बाँदर धपाउने गुलेली बिक्री गर्न थालिएको वडाध्यक्ष यमबहादुर थापाले बताए । ‘गत बर्षदेखि नै हामीले यो काम सुरु गरेका हौ,’ उनले भने, ‘यो बर्ष पनि निरन्तरता दिएका छौ ।’ हालसम्म ६० वटा भन्दा बढी गुलेली बिक्री भइसकेको उनले जानकारी दिए ।

images
images

उनका अनुसार गुलेली किन्नेमा अधिकांश वडाकै किसान छन् । इच्छाकामना, गण्डकी लगायतका पालिकाबाट पनि किसानहरु आउने गरेको उनको भनाइ छ ।वडावासीका लागि मूल्यमा ७० प्रतिशत अनुदान दिइएको छ । एउटा गुलेली किन्न वडावासीले पाँच सय रुपैया तिरे पुग्छ । अन्यको हकमा भने एक हजार रुपैया मूल्य निर्धारण गरिएको वडाध्यक्ष थापाले बताए ।

गुलेली बनाउने जिम्मा वडाका चार जना युवालाई दिइएको छ । तीलबहादुर थापा, टेकबहादुर थापा, उत्तम थापा र होम बहादुर थापाले जिम्मेवारी पाएका हुन् । उनीहरुमध्ये तीन जना बैदेशिक रोजगारीबाट फर्किएका हुन् । वडाध्यक्षको योजनामा आफूहरुले सहकार्य गरेको तिलबहादुर थापाले बताए । ‘वडाध्यक्षले योजना ल्याउनुभयो हामीले हुन्छ भनेर काम अघि बढायौ,’ उनले भने । गुलेली निर्माणका लागि ट्रस, स्प्रिङ, रवर लगायतका आवश्यक सामग्री आवश्यक पर्ने बताउँदै उनले थपे, ‘आवश्यक कच्चा सामग्री सबै वडाले हामीलाई उपलब्ध गराउँछ, हामीले गुलेली बनाएको ज्याला पाउछौ ।’

दक्ष कामदारको सरकारले तोकेको ज्याला आफूहरुले पाउने गरेको उनले बताए । उनीहरुले हालसम्म डेढ सय वटा गुलेली बनाइसकेका छन् । उक्त गुलेली वडाले लगेर बिक्री गर्छ । दैनिक तीन वटासम्म गुलेली बनाउन सकिने उनको भनाइ छ ।

सामान्य गुलेली भन्दा यो अलि ठेलो आकारको हुन्छ । बन्दुक आकारको यो गुलेलीबाट हानेको ढुंगा धेरै परसम्म जाने बताइएको छ । निशाना पनि लगाउन सजिलो र सहजै प्रयोग गर्न सकिने थापा बताउँछन् । यो कामले आयआर्जनमा समेत सहयोग पुगेको भन्दै उनले खुशी व्यक्त गरे ।

बाँदरको समस्या समाधान गर्न वेसार, अदुवा र तितेपाती खेतीलाई प्रोत्साहन गर्न लागिएको वडाध्यक्ष थापाले बताए । ‘यो खेतीलाई बाँदरले नष्ट गर्दैन, त्यसैले प्रवद्र्धनका लागि यसको तेल निकाल्ने मेसिन ल्याउँदै छौ,’ उनले भने । मेसिन खरिदका लागि वडाबाट आठ लाख रकम विनियोजन भइसकेको जानकारी दिदैं उनले चैत्र महिनाभित्र मेसिन आइसक्ने बताए । दरौदीबाट

images
प्रकाशित मिति :पौष २४, २०८१ बुधवार - ०९:४६:५३ बजे

पत्रपत्रिका

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology