Logo

शनिवार, कार्तिक २९ गते २०८३

images
२०८३, कार्तिक २९ गते
images

शीतलहरले नवलपरासीको पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

शीतलहरले नवलपरासीको पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

images

इच्छाकामना न्युज

२४, पौष २०८१
शीतलहरले नवलपरासीको पूर्व–पश्चिम राजमार्ग अवरुद्ध
images

काठमाण्डु। बाक्लो कुहिरो तथा शीतलहरका कारण पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ ।

शीतलहरका कारण बाटो चिप्लो र हुस्सुले गए राति १ बजेदेखि पुर्व–पश्चिम राजमार्गको पश्चिम नवलपरासीको बर्दघाट–४ खुर्सानी खोला सडक खण्ड अवरुद्ध भएको हो ।

हुस्सु र शीतलहरका कारण बाटो चिप्लो हुँदा यातायात सञ्चालन गर्न कठिनाइ भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक डीएसपी रेशम बोहराले बताए ।

बुधबार बिहान ३ बजेदेखि एकतर्फी बाटो खुलाए पनि झिम झिम शीतलहरीको पानीले बाटो चिप्लो भएको कारणले मालबाहक सवारी सञ्चालनमा अझै कठिनाइ रहेको उनले जानकारी दिए ।

दुईतर्फी सहज आवागमनका लागि प्रयास भइरहेको डिएसपी बोहराले जानकारी दिए ।

images
प्रकाशित मिति :पौष २४, २०८१ बुधवार - ०८:४३:५९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology