काठमाडौं, ५ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच महाधिवेसनको मिति तय गर्ने सहमति भएको छ ।
कांग्रेसको १४ औं महाधिवेशन आगामी भदौ ७ देखि १० सम्म गर्नेगरी कार्यतालिका ल्याउन सभापति र बरिष्ठ नेताबीच सहमति भएको हो ।
फागुनमा गर्ने भनिएको महाधिवेसन असम्भव भएपछि नयाँ मिति तोक्न उनीहरुबीच सहमति भएको हो । कांग्रेस विधान अनुसार कांग्रेसले भदौभित्र महाधिवेसन गर्नैपर्ने बाध्यता छ ।
दुई नेताबीच सहमति भएपछि केन्द्रीय कार्यसमिति बैठक केन्द्रीय कार्यालय सानेपामा केहीबेरपछि सुरु हुनेछ ।