Logo

आइतवार, कार्तिक ९ गते २०८३

images
२०८३, कार्तिक ९ गते
TRENDING
images

सामाजिक संयन्त्रद्धारा देवघाट क्षेत्रको विकास निर्माणमा स्थानीय सरकारको ध्यानाकर्षण

सामाजिक संयन्त्रद्धारा देवघाट क्षेत्रको विकास निर्माणमा स्थानीय सरकारको ध्यानाकर्षण

images

इच्छाकामना न्युज

२१, पौष २०८१
सामाजिक संयन्त्रद्धारा देवघाट क्षेत्रको विकास निर्माणमा स्थानीय सरकारको ध्यानाकर्षण
images
देवघाट। देवघाट सामाजिक संयन्त्रले देवघाट क्षेत्रको विकास निर्माणमा स्थानीय सरकारको ध्यानाकर्षण गराएको छ । आइतबार संयत्रका अध्यक्ष अर्जुन अधिकारीले देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापामगर, उपाध्यक्ष भुवनसिं गुरूङसहितका जनप्रतिनिधिसँग भेटेर गाउँपालिकावासीको गुनासो सम्बोधन गर्न ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
संयन्त्रले भूमिहीन, दलित, सुकुम्बासी र अव्यवस्थित वसोबासको लगत सङ्कलन, कम्प्युटरमा प्रविष्टी, निस्सा वितरण र नापजाँचको कामसमेत सकिसकेको हुँदा जतिसक्दो चाँडो लालपुर्जा वितरणको प्रकृया सञ्चालन गर्न गाउँपालिकालाई सुझाव दिएको छ । नेपालकै सबैभन्दा मह¤वपूर्ण धार्मिक पर्यटकीय क्षेत्रको रूपमा परिचित देवघाट धाम क्षेत्रमा बाँदर आतङ्क कायम रहेको हुँदा बाँदरको दीगो व्यवस्थापनमा पनि गाउँपालिकाले ध्यान दिनुपर्ने संयन्त्रका अध्यक्ष अधिकारीले बताए ।
‘देवघाटधाम आउने धार्मिक पर्यटकलाई बाँदर आतङ्कले आजित बनाएको छ,’ उनले भने, ‘त्यसकारण बाँदर आक्रमणबाट सुरक्षित राख्नको लागि बाँदरको दीगो व्यवस्थापन आवश्यक छ ।’
त्यसबाहेक विकास निर्माणका काममा स्थानीय सरकारले बढी निगरानी गर्नुपर्ने संयन्त्रले बताएको छ । घिनाटार चोकदेखि टाउनचोकसम्मको सडक कालोपत्रे भए पनि गुणस्तरहीन भएको स्थानीयको गुनासो बढ्दै गएको हुँदा त्यस विषयमा गाउँपालिकाले आवश्यक निरीक्षण गरी गुणस्तरीय कायम गराउन पनि संयन्त्रले गाउँपालिकालाई सुझाएको छ ।
घिनाटारमा निर्माणाधीन कवर्ड हलसमेत मापदण्डअनुसार नभएको गुनासो बढेको भन्दै संयन्त्रलय त्यस विषयमा समेत तत्काल अनुगमन र निरीक्षण गरी मापदण्डअनुसार गराउन आवश्यक रहेको संयन्त्रका अध्यक्ष अधिकारीले बताए । व्यापार, व्यवसायको लागि पालिकावासीलाई पान नम्बरको आधारमा अनुदान र भूक्तानी दिन सुझाएको छ ।
बहुप्रतिक्षित देवघाटको वडा नं. ४ र चितवनको भरतपुर–२९ जोड्ने गाईघाटमा पक्की पुल र देवघाट १ को कोटा र नवलपुरको गैँडाकोट ३ ढोडेनी जोड्ने गरी निर्माणार्थ पक्की पुलको लागि प्रदेश र संघ सरकारसँग सबै राजनैतिक दलहरुसँगको समन्वयमा निर्माण प्रकृया अगाडि बढाउनसमेत माग गरेको छ ।
चितवन र तनहुँ जोड्ने घुमाउनेको पुल जीर्ण बन्दा मानवीय क्षतिको जोखिमसमेत बढेको भन्दै तत्काल मर्मतसहितको विकल्प अपनाउनुपर्ने माग गरेको छ । यस्तै भुवनटारघाटमा झोलुङ्गे पुल निर्माणको काम रोकिएको हुँदा त्यसलाई तत्काल सुरू गर्न पनि माग गरेको छ । शान्ति सुरक्षाका लागि इलाका प्रहरी कार्यालयलाई स्तरोन्नति प्रकृया बढाउन, सामाजिक सुरक्षालाई हरेक वडाबाट वितरण गर्न, देवघाट गाउँपालिकाको वडा नं.१ देखि ४ सम्मका जनताको लागि जिल्ला प्रशासन कार्यालय दमौलीसँगको समन्वयमा मासिक दुई पटक घुम्ती शिविर सञ्चालन गर्न, स्थानीय उत्पादनको उचित भण्डारण र व्यवस्थापनको लागि पनि स्थानीय सरकारले पहल गर्नुपर्ने संयन्त्रले माग गरेको छ ।
स्थानीय मदिरालाई कानुनी मान्यता दिइ बजारीकरणको प्रबन्ध मिलाउन पनि संयन्त्रलय गाउँपालिकालाई खबरदारी गरेको छ । स्थानीय स्तरमा आवश्यक उद्योगधन्दा सञ्चालनको लागि स्थानीयलाई नै प्राथमिकतामा राख्न पालिकालाई सुझाएको छ । नारायणघाट–मुग्लिन सडकको वैकल्पिक सडकको रूपमा चर्चामा रहेको तनहुँतर्फको सडक निर्माणको कामलाई समेत तत्काल अगाडि बढाउन गाउँपालिकाबाटै पहल हुनुपर्ने संयन्त्रले माग गरेको छ ।
देवघाट गाउँपालिकाले भने सामाजिक संयन्त्रबाट जनताको प्रतिनिधित्व गरेर आएको आवाजले जनप्रतिनिधिलाई थप उर्जा मिलेको प्रतिकृया दिएको छ । जनस्तरबाटै यस्तो आवाज उठ्नुले जनताप्रति स्थानीय सरकार र कर्मचारीलाई सचेत गराउने काम भएको गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापामगरले जानकारी दिए ।
गाउँपालिकाले नीति तथा कार्यक्रममार्फत बजेट विनियोजन गरेर कार्यान्वयनको प्रकृयामा रहेको विषयमा समाजिक संयन्त्रमार्फत चासो व्यक्त हुनु सकारात्मक कुरा भएको अध्यक्ष मगरले बताए । ‘कतिपय काम कार्यान्वयनको प्रकृयामा छन्, कतिपय कार्यान्वयन भइसकेका छन्,’ उनले भने, ‘जनताको आवश्यकता र चाहनालाई ध्यानमा राख्दै स्थानीय सरकारलाई सुझाव दिने कामले गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी खुसी छौँ ।’
समग्र जनताको प्रतिनिधित्व गर्दै जनप्रतिनिधि र कर्मचारीले गरेको कामको सही मूल्याङ्कन गरेको उनको भनाइ छ । पालिकाले गरेको कामको विषयमा मूल्याङ्कन गर्नको लागि भने अख्तियार दुरूपयोग अनुसन्धान आयोग, महालेखा परीक्षकको कार्यालयलगायतका सरकारी निकाय रहेको भन्दै काम गर्न तदारूकता देखाउन जनताको तर्फबाट आवश्यक रहेको विषयलाई सामाजिक संयन्त्रले चासो दिने कामलाई निरन्तरता दिइरहन पनि उनले सुझाव दिए ।

images
प्रकाशित मिति :पौष २१, २०८१ आइतवार - २१:०२:३५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology