Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

ओली पक्षिय नेकपाको चितवन अध्यक्षमा रावल र सचिवमा खनाल चयन

ओली पक्षिय नेकपाको चितवन अध्यक्षमा रावल र सचिवमा खनाल चयन

images

इच्छाकामना न्युज

५, फाल्गुण २०७७
ओली पक्षिय नेकपाको चितवन अध्यक्षमा रावल र सचिवमा खनाल चयन
images

चितवन, ५ फागुन । प्रधानमन्त्री केपी ओली पक्षको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) चितवनको अध्यक्षमा पार्वती रावल (दिल कुमारी) र सचिवमा प्रकाश खनाल (शैलेस) चयन भएका छन । नेकपा ओली पक्षको आज भरतपुरमा बसेको बैठकले यस अगाडीका अध्यक्ष र सचिबलाई जिम्मेवारी मुक्त गरि रावल र खनाललाई सो जिम्मेवारी दिईएको हो। 
नेकपा प्रदेश कमिटी अध्यक्ष आनन्द पोख्ररेल तथा प्रदेश सह–इन्चार्ज काशीनाथ अधिकारी सहितको उपस्थितिमा भएको सो बैठकले जिम्मेवारी प्रदान गरेको नेकपा प्रदेश कमिटी सह–इन्चार्ज काशीनाथ अधिकारीले जानकारी दिनुभयो। साथै नेकपाका केन्द्रिय सदस्य हरि सापकोटालाई  पार्टीको चितवन जिल्ला इन्चार्जको जिम्मेवारी दिन प्रदेश कमिटीको बैठकले सिफारिस गरेको पनि अधिकारीले जानकारी दिनु भयो।

images
प्रकाशित मिति :फाल्गुण ५, २०७७ बुधवार - १७:५९:१० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology