देवघाट । तनहुँको देवघाट गाउँपालिकाले राष्ट्रिय परिचय-पत्र वितरण कार्य सुरू गरेको छ ।
जिल्ला प्रशासन कार्यालय तनहुँबाट प्राप्त भएको राष्ट्रिय परिचय-पत्र वितरण कार्य सुरू गरिएको गाउँपालिकाका अध्यक्ष तिल बहादुर थापाले जानकारी दिए ।
लामो समयको प्रतीक्षा पश्चात् पालिकाबाट राष्ट्रिय परिचय-पत्र वितरण गर्न सकिएको अध्यक्ष थापाले बताए ।