Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

लोप हुदैँ गएको संस्कृति संरक्षणमा सबै लाग्नुपर्छ : सभामुख धिताल

लोप हुदैँ गएको संस्कृति संरक्षणमा सबै लाग्नुपर्छ : सभामुख धिताल

images
लोप हुदैँ गएको संस्कृति संरक्षणमा सबै लाग्नुपर्छ   : सभामुख धिताल
images

गोरखा । गण्डकी प्रदेशका सभामुख कृष्ण धितालले हाम्रो नेपालको मौलिक संस्कृतिको संरक्षण गर्न सबै लाग्नुपर्ने बताउनुभएको छ ।  गोरखाको सहिद लखन गाउँपालिका ४ स्थित अर्लाङदी मन्दिर उद्घाटन तथा विविध सांस्कृतिक कार्यक्रमको उद्घाटन  समारोहलाई सम्बोधन गर्दै सभामुख धितालले हाम्रो संस्कृति लोप हुदै गएकाले संरक्षणका लागि सबै लाग्नुपर्ने बताउनुभएको हो ।

  “ हाम्रो संस्कृति लोप हुने खतरा बढ्दै गएको छ   । उहाँले भन्नुभयो, पश्चिमा संस्कृतिबाट घेरिदैँ आएको छ ,संरक्षणका लागि सबै लाग्नुपर्छ ।” साथै सभामुख धितालले हाम्रो लोप हुदैँ गएको संस्कृतिलाई विभिन्न जातजाती भाषा संस्कृतिको रुपमा विकास गर्न यहाँको वडा नम्बरका ४ का वडाध्यक्ष वडा कार्यालय, मन्दिर व्यवस्थापन समितिले प्रयास गरेको तथा गाउँपालिकाले विशेष महत्व दिएकोमा प्रशंसा गर्नुभयो ।  अझै यस्ता राम्रो कार्यक्रमहरु ल्याउन  स्थानीय जनप्रतिनिधि र कलाकारहरुलाई आग्रह गर्नुभयो ।  एतिहासिक परापुर्वकालदेखी रहेको मन्दिर निर्माणका लागि सहयोग गर्ने पुरातत्व विभागका कर्मचारी, चन्दादाता सबैलाई धन्यवाद दिनुभयो । 


 मेलामा, चुड्का झ्याउरे गीत नाच, भजन, सोरठी पञ्चेवाजा,लाखेनाच लगायतका मौलिक संस्कृतिक झल्किने प्रतियोगिताहरु गरिएको वडाध्यक्ष  याम बहादुर थापाले बताउनुभयो । साथै भलिबल प्रतियोगिता , बागचाल प्रतियोगिता महिलाहरुबिच सुङ्गुर समात्ने प्रतियोगिता समेत सम्पन्न भएको उहाँले बताउनुभयो ।

images
प्रकाशित मिति :पौष १, २०८१ सोमवार - ११:२८:१४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology