Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

गोरखा म्याराथनमा देशभरका एक सय २५ धावक सहभागी

गोरखा म्याराथनमा देशभरका एक सय २५ धावक सहभागी

images

इच्छाकामना न्युज

२९, मंसिर २०८१
गोरखा म्याराथनमा देशभरका एक सय २५ धावक सहभागी
images

मनकामना , मंसिर २९ गते । गोरखाको मनकामना मन्दिर देखि गोरखकाली मन्दिर सम्मको म्याराथनमा एक सय २५ जना धावक सहभागी भएका छन् । जिल्ला खेलकुद विकास समिति गोरखाले आयोजना गर्न लागेको म्याराथनमा देशभरिबाट एक सय २५ जना धावकहरू सहभागी भएका जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शान्त सिंह बस्नेतले जानकारी दिनुभयो ।

जिल्ला खेलकुद विकास समिति गोरखाले शनिवार गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर देखि गोरखकाली मन्दिर सम्म झन्डै ४२ किलोमिटर शनिवार बिहान ९ः१५ बजेबाट म्याराथन सुरु भएको जिल्ला खेलकुद विकास समिति गोरखाले जनाएको छ ।

नेपालका म्याराथन खेलाडी  टिका बहादुर बोगटीको प्राविधिक सहयोगमा शनिवार बिहान ९ ः १५ बजे एक कार्यक्रमका बीच मनकामना मन्दिरको प्राङगढबाट प्रमुख अतिथि जिल्ला समन्वय समितिका अध्यक्ष मोहन बहादुर थापा मगरले रिबन काटी सिट्टी फुकेर म्याराथन उद्घाटन गर्नु भएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शान्त सिंह बस्नेतले बताउनुभयो । 

खेलकुद विकास समितिका अध्यक्ष शान्त सिंह बस्नेतका अनुसार मनकामना मन्दिर देखि गोरखकाली मन्दिर सम्म १० स्थानमा हेल्प डेस्क र म्याराथन खेलाडीहरूको लागि मध्यनजर गर्दै ५ वटा एम्बुलेन्स तयारी अवस्थामा राखिएको छ ।  

म्याराथनमा सहभागीहरूलाई थाकेर निर्धारित समयमा दुरी पार गर्न नसक्नेलाई पनि २ वटा बसको व्यवस्था गरिएको छ । म्याराथनमा २० भन्दा बढी राष्ट्रिय स्तरका धावकहरू सहभागी हुने भएका  आयोजकले जनाएको छ ।

म्याराथनमा सहभागी भई प्रथम, दितिय, तृतीया हुनेलाई क्रमशः १ लाख ५० हजार, १ लाख र ५० हजार नगद सहित मेडल र प्रमाणपत्र प्रदान गरिने अध्यक्ष बस्नेतको भनाई छ । त्यस्तै गरी सहभागी भएका १० जना धावकलाई नगद पुरस्कार समेत व्यवस्था गरिने बताइएको छ । 

म्याराथनमा सहभागी भएका मध्ये गोरखा जिल्लाबाट सहभागी भएका धावकले निर्धारित दुरी पार गरेको खण्डमा नगद १२ हजार र धावक मध्ये सबै भन्दा कम उमेर भएको धावकलाई पनि १२ हजार प्रदान गरिने भएको छ । 

म्याराथनमा १ सय २५ जना मध्ये १ सय २२ जना पुरुष धावक र ३ जना महिला धावकले नाम दर्ता गरी म्याराथनमा सहभागी भएका अध्यक्ष बस्नेले बताउनुभयो । 

images
प्रकाशित मिति :मंसिर २९, २०८१ शनिवार - १४:३१:०० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology